६ वैशाख २०८१ बिहीबार
समाज

मुगुमा सुपथ मूल्य पसलबाट चामल बिक्री

हिमाली जिल्ला मुगुमा सञ्चालित सुपथ मूल्य पसलबाट नेपालीको महान चाड दसैँ र तिहारलाई लक्षित गर्दे बिहीबारसम्म चार सय ४२ क्वीन्टल चामल बिक्री भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा सञ्चालन भएको सुपथ मूल्य पसलबाट हालसम्म सो चामल बिक्री भएको खाद्य कम्पनीले जनाएको हो।

दसैँँ, तिहार, छठलगायतका चाडपर्वलाई मध्यनजर गर्दै गत असोज १ गतेदेखि सञ्चालन गरिएको सुपथ मूल्य पसलबाट उक्त चामल बिक्री भएको कम्पनीका कार्यालय प्रमुख पुस्कर भामले जानकारी दिए। उक्त पसलबाट हरेक चामलको मूल्यमा प्रति केजीमा रु सात छुटमा बिक्री भइरहेको छ। कार्यालय प्रमुख भामकाअनुसार अरु समयको भन्दा अहिले सुपथ मूल्य पसल सञ्चालन गरिएपछि धेरै चामल बिक्री भएको छ।

सुपथ मूल्य पसलबाट मुगुका छायाँनाथ रारा नगरपालिका र जिल्लाकै पूर्वी भेगको गाउँपालिकाका स्थानीयबासीलाई लक्षित गरिएको छ।  मुगुका स्थानीयले सरकारलाई मुगु जिल्लाको डिपो केन्द्रमा खाद्यान्न कहिले आउँछ भन्दै प्रश्न गरेका छन्।

विगतबाट यस क्षेत्रका मुगु जिल्ला हेपिँदै आएको, हाल पनि समस्या उस्तै रहेको र तत्काल सुधार गर्नुपर्ने भन्दै गुनासो गरेका हुन्।  

कर्णालीका अन्य जिल्लाभन्दा मुगु जिल्ला सडक सञ्जालसँग नजोडिनुले स्थानीयले सास्ती खेप्दै आइरहेका छन्। यस्तै समस्या मुगु जिल्लाको एक डिपो केन्द्रमा नसुल्झिँदा मुगुमकार्मारोग गाउँपालिकाको पुलु डिपो केन्द्रमा खाद्यान्न पुग्न सकेको छैन। पुलु डिपो केन्द्रको लागि ठेक्का प्रक्रिया नभएको र यसको केही दिनमै ठेक्का प्रक्रिया सुरु हुने खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले जनाएको छ। पुलु डिपो केन्द्रमा चामल मौज्दात नहुँदा स्थानीयले पसलबाट चर्को मूल्य तिरेर किन्न बाध्य भएका छन्। रासस

प्रकाशित: ७ आश्विन २०७९ १३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App