coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

फरार ३ जना प्रतिवादी पक्राउ

अदालतबाट मावन बेचविखन तथा ओसारपसार मुद्दामा दोषी ठहर भई सजाय पाएका ३ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले सजाय पाएर फरार भएका ३ जनालाई बेलाबारीबाट पक्राउ गरेको हो। बेलबारी नगरपालिका–६ का भरत यादव, धरेन झा र बेलबारी–९ की तिलोदेवी पण्डित (कुम्हाल)लाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

२०७६ साल जेष्ठ १५ गते मोरङ जिल्ला अदालतबाट मावन बेचविखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका तीनै जनालाई दोषी ठहर गरेको हो। अदालतले यादवलाई ११ महिना २७ दिन, झालााई ५ महिना २७ दिन र पण्डितलाई ५ महिना ५ दिन कैद सजायको फैसला गरेको हो।  

अदालतले दोषी ठहर गरे पनि उनीहरु फरार भएकाले पक्राउ परेका थिएनन्। उनीहरुलाई अदालतमा पेश गरेपछि अदालतले तीनै जनालाई कैद सजाय भुक्तानका लागि बिहीबार कारागार चलान गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ आश्विन २०७९ ११:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App