७ वैशाख २०८१ शुक्रबार
समाज

दशैँमा खाद्य कम्पनीले चामल दिन नसक्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बैतडी जिल्लामा दशैँमा चामल दिन नसक्ने भएको छ। जिल्लामा रहेका द्धार वटा बिक्री केन्द्रमा दशैँअघि चामल नआउने भएको हो। 

सदरमुकामको गोठालापानी, मेलौली नगरपालिका, पुर्चाैडी नगरपालिकाको हाट र पञ्चेश्वर गाउँपालिकाको कुलाउका लागि आउने ४ हजार ५ सय क्विन्टल चामल दशैँअघि नआउँदा चाडपर्वको समयमा स्थानीय समस्यामा परेका छन्।  

चामल ढुवानीका लागि बोलपत्र आह्वान गर्दा टेन्डर नपरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख इन्दिरा बस्नेतले जानकारी दिइन्। गोठालापानी बिक्री केन्द्रका लागि ५ सय क्विन्टल, मेलौली बिक्री केन्द्रका लागि १ हजार क्विन्टल, कुलाउ बिक्री केन्द्रका लागि २ हजार क्विन्टल र पुर्चौडी नगरपालिकाको हाट बिक्री केन्द्रका लागि १ हजार क्विन्टल चामल धनगढी गोदाममा रहेको छ। टेन्डर नपर्दा ढुवानी गर्न नसकिएको बताइएको छ।

प्रकाशित: ७ आश्विन २०७९ ११:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App