८ वैशाख २०८१ शनिबार
समाज

भक्तपुरमा गाडीले किचेर १७ महिने शिशुको मृत्यु

फाइल तस्बिर

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर ठिमी लोकन्थली त्रिपुरासुन्दरी ग्रिल उद्योग अगाडि शुक्रबार खेल्दाखेल्दै गाडी मुनि पुगेका १७ महिनाको बालकको गाडीले किचेर मृत्यु भएको छ।

पानी झार्न रोकिराखेको बा ५ ख ७८१७ नं. को निशान गाडीमुनि बालक खेल्दाखेल्दै छिरिरहेको अवस्थामा गाडी अगाडि बढाउदा गाडीले किचेर बालकको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। बालक सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाँउपालिका वडा नं. ५ घर भई हाल लोकन्थली बस्ने केशवलाल श्रेष्ठको छोरा १७ महिनाको सलिन श्रेष्ठ रहेको परिसरले जनाएको छ।  

घटनापछि गम्भीर घाईते भई उपचारको लागि समिट अस्पताल लोकन्थली लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी वृत्त थिमिबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको जनाइएको छ।

घटनापछि सवारीसाधन र चालक सिन्धुपाल्चोक मेलम्ची गाँउपालिका वडा नं. ३ घर भई हाल काठमाण्डौ मुलपानी बस्ने वर्ष २३ को आकाश भुजेललाई वृत्त ठिमीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

प्रकाशित: ७ आश्विन २०७९ ०६:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App