coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राष्ट्रपति भण्डारीद्वारा नागरिककर्मीहरु पुरस्कृत

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस काउन्सिल नेपालले यस वर्ष घोषणा गरेका विभिन्न पुरस्कार प्रदान गरेकी छन्। आज शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच उक्त पुरस्कार प्रदान गरेकी हुन्। प्रेस काउन्सिल नेपालले नागरिक दैनिकका बालकृष्ण अधिकारी, टपेन्द्र कार्की, दिलबहादुर छत्यालसहित पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिहरुलाई पुस्कार प्रदान गरेको हो।

कार्यक्रममा यस वर्षको ‘प्रेस काउन्सिल गोपालदास बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार हरिबहादुर थापा र ‘प्रेस काउन्सिल सुरेन्द्र बहादुर बस्नेत पत्रकारिता पुरस्कार’ अर्का वरिष्ठ पत्रकार माधव विद्रोहीलाई प्रदान गरिएको छ। थापा इकागज डटकमका सम्पादक तथा विद्रोही राष्ट्रिय समाचार समितिका पूर्वबोर्ड सदस्य हुन्।

त्यसैगरी यस वर्षको प्रेस काउन्सिल शशक्त लेख पत्रकारिता पुरस्कार नागरिक दैनिकका बालकृष्ण अधिकारीसहित, दिलबहादु छत्याल, नवराज छत्कुली, सुरेन्द्र काफ्लेलाई दिइएको थियो। ‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’ राष्ट्रिय समाचार समितिका प्रधानसम्पादक एकराज पाठकलाई प्रदान गरिएको छ। उनीसँगै पत्रकारहरु दामोदरप्रसाद दवाडी, विमल योगी, मनोज जोशी, पुस्कर बुढाथोकी, भूपराज खड्का, कृष्ण केसी, निशा ओली, श्यामनाथ कुँवर र सुरेश धामीलाई सो पुरस्कार प्रदान गरिएको छ।

प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार टपेन्द्र कार्कीसहित केशरराज क्षेत्री, दशरथ घिमिरे, प्रदीप परियार, महेश केसी, डिबी बुढा, रविन्द्र काफ्ले, शम्भु दंगाल, हरिबोल आचार्य, जीवन लामा, राजेन्द्र धामी, हिमाकुमारी चेम्जोङ र मकर श्रेष्ठलाई प्रदान गरिएको हो। सो समारोहमा प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार टेकराज थामी र प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार मायामितु न्यौपानेलाई प्रदान गरिएको छ।

त्यसैगरी प्रेस काउन्सिल महिला सशक्तीकरण पुरस्कार रमा केसी, शारदा गैरे, सरिता ज्ञवाली र सञ्चिता घिमिरेलाई र प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार हेमबहादुर कमल राना, अजय गोर्खाली र प्रवीणकुमार शर्मालाई प्रदान गरिएको छ। प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार जीवनकुमार पराजुली, आनन्द श्रेष्ठ र विजयरत्न तुलाधरले पाएका छन्। सो पुरस्कार वितरण समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलगायत व्यक्तिहरुको उपस्थित रहेको थियो।

प्रकाशित: ६ आश्विन २०७९ १३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App