coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

चाड पर्व लक्षित ‘विशेष सुरक्षा’ लागू

नजिकँदै गएको चाड पर्वलाई लक्षित गरेर मोरङ प्रहरीले ‘विशेष सुरक्षा’ योजना लागू गरेको छ। असोज ४ गतेदेखि कात्तिकको दोस्रो हप्ता अर्थात छठ पूजासम्मका लागि ‘विशेष सुरक्षा’ योजना लागू गरिएको हो।

चाड पर्वमा सबैले रमाइलो र सुरक्षित तवरले मनाउनका लागि ‘विशेष सुरक्षा’ योजना लागू गरिएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बिहीबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएका हुन्। ‘चाड पर्वमा हुन सक्ने विभिन्न किसिमका आपराधिक गतिविधिलाई नियन्त्रण गर्न ‘विशेष सुरक्षा’ योजना लागू गरिएको हो,’ एसपी कोइरालाले भने, ‘अन्य समयमा भन्दा चाड पर्वका आपराधिक घटना बढी हुन सक्ने भएकोले आम नागरिक आफू सचेत हुँदै पर्व मनाउनु पर्छ। आपराधिक गतिविधिमा संलग्नहरु पनि मौका पर्खेर बस्ने भएकाले सबै जना सचेत हुनुपर्छ। ’

कहीँ कतै कुनै शंकास्पद गतिविधि वा व्यक्ति देखिए प्रहरीलाई तत्कालै खबर गर्न आग्रह गर्दै, एसपी कोइरालाले भने, ‘धनजनको सुरक्षा, उपभोक्ताको अधिकार, सुरक्षित यात्रा, चाड पर्वको समयमा मादक पदार्थ सेवन गरी हुन सक्ने उच्छृंखल क्रियाकलाप, राजमार्ग र सहायक मार्गमा हुन सक्ने अवाञ्छित कार्यलगायत विभिन्न अपराधिक गतिविधिहरु नियन्त्रण गर्न सुरक्षार्की २४ सै घण्टा खटिने छन्। सुरक्षाकर्मीले मात्रै नभएर स्वयंम स्थानीयले सुरक्षाकर्मीलाई सहयोग गरे सहज रुपमा अपराध नियन्त्रण गर्न सजिलो हुन्छ।’

चाड पर्वको मौका छोपी खुला सिमानाको फाइदा उठाउँदै हुन सक्ने चोरी तस्करी नियन्त्रण र चुनावको मुखैको समय भएको हुँदो सिमानमा हुन सक्ने आपराधिक क्रियाकलपलाई ‘विशेष सुरक्षा’ योजनाले नियन्त्रण गर्न सक्ने एसपी कोइरालाले बताए।

विगतको चाड पर्वका समयमा भएका आपराधिक घटनालाई विशेष ध्यानमा राख्दै जिल्लामा आपराधिक घटना हुन नदिनका लागि थप प्रहरीका साथ पैदल गस्ती, सवारी गस्ती, मोटरसाइकल गस्ती, सादा पोशाकको गस्ती, ट्राफिक व्यवस्थापन, सीमामा चेकिङका साथै यात्रुहरुका लागि ठाउँ ठाउँमा यात्रु सहायता कक्षबाट सेवा दिनका लागि २४ सै घण्टा तैनाथी हालतमा प्रहरी रहने व्यवस्था मिलाइएको एसपी कोइरालाले बताए।

प्रकाशित: ६ आश्विन २०७९ १३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App