२० आश्विन २०७९ बिहीबार
समाज

रुकुम पूर्वमा बस दुर्घटना: ५ जनाको मृत्यु (अपडेट)

बिहिबार दिउँसो रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ तिरखोला स्थित क्याङसि बगर नजिकै यात्रु बाहक बस दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ।  

प्रहरीका अनुसार ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार एक बालक, एक महिला सहित ५ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी प्रमुख प्रकाश डांगीले दुर्घटनामा परेर १२ जना घाइते भएको जनाए। घाइते मध्य ७ जनाको अवस्था गम्भीर रहेको छ।  उनका अनुसार बस सडकबाट करिब एक सय मिटर तल खसेको छ। मृत्यु भएकाहरूको सनाखत भएको छैन। प्रहरीका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ।

दुर्घटनास्थलमा अहिले पनि उद्धार कार्य चलिरहेको छ। घाइतेहरुको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार भइरहेको छ। बस अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

प्रकाशित: ६ आश्विन २०७९ १७:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App