८ वैशाख २०८१ शनिबार
समाज

निर्माणाधीन घरबाट खसेर मजदुरको मृत्यु

निर्माणाधीन घरको २ तलामाथिबाट खसेर विराटनगर–७ मा एक जना मजदुरको मृत्यु भएको छ। मोरङको जहदा गाउँपालिका–४ का ४० वर्षीय अशोक पञ्जियार निर्माणाधीन घरको माथिबाट खसेर घाइते भई उपचारका क्रममा मृत्यु भएको हो।  

मुकेश पोठारीको निर्माणाधीन घरको दुई तलामाथिबाट खसेर पञ्जियार घाइते भएका थिए। मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार काठको काम गर्ने क्रममा गत सोमबार निर्माणाधीन घरको दुई तलमाथिबाट खसेर घाइते भई उपचारका क्रममा मृत्यु भएको हो।  

घाइते भएका पञ्जियारको  विराटनगरस्थित विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको डिएसपी श्रेष्ठले बताए। मृतक पञ्जियारको कोसी अस्पतालमा पोस्टमार्टम गरेर शव परिवारलाई जिम्मा लगाइएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ आश्विन २०७९ १२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App