८ वैशाख २०८१ शनिबार
समाज

कारागारमा एक कैदीको मृत्यु

मोरङ कारागारका एक कैदीको बुधबार उपचारका क्रममा मृत्यु भएको छ। धनकुटाको सहिदभूमि गाउँपालिका–२ का ४९ वर्षीय कुलबहादुर सार्कीको मृत्यु भएको हो। लागूऔषध मुद्दामा दोषी ठहर भएर कैद सजाय भुक्तान गरिरहेका थिए।

मोरङ कारागारका निमित्त जेलर तुलसीराम भगतका अनुसार दुवै खुट्टा सुन्निने, ज्वरो आउने र मटुको धड्कन बढ्ने जस्ता समस्या भएपछि उपचारका लागि मंगलबार कोसी अस्पताल भर्ना गरिएको थियो। सार्कीको उपचारका क्रममा बुधबार मृत्यु भएको र उनको शव अस्पतालमै राखिएको छ। मृतकका परिवारका सदस्य आएपछि शव जिम्मा लगाइने भगतले जानकारी दिए।

२०७८ फागुन २६ गतेदेखि कैद भुक्तान गरिरहेको थिए। लागूऔषध मुद्दामा सार्कीलाई मोरङ जिल्ला अदालतले २०७६ भदौ ८ गते १ वर्ष ६ महिना कैद र २० हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो। फरार रहेका उनलाई फैसलाको २ वर्षपछि प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित: ५ आश्विन २०७९ १२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App