coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आठ आमालाई बरहथवा नगर प्रमुख कटुवालले गरिन् सहयोग

बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कटुवालले आठ आमालाई अस्पतालमा नगद सहयोग गरेकी छन्। सर्लाहीको पहिलो महिला नगर प्रमुख कटुवालले बरहथवा नगर अस्पतालमा संविधान दिवसको दिन बच्चा जन्माउने आठ आमालाई नगर सहयोग गरेकी हुन्।

कुनै पनि देशको लागि संविधान दिवस विशेष दिन नै हुने भएको र विशेष अवसरको दिन आमा बन्नु हुनेलाई सम्मान गर्दै केही सहयोगस्वरुप आफूले प्रति आमा दुई हजार पाँच सय रुपैयाँको दरले सहयोग गरेको बताएकी छन्।

संविधान दिवसको दिन सन्तान जन्माउने आमाको अनुहारमा अलिकति भए पनि उज्यालो हेर्न पाउने आफ्नो इच्छा भएको बताउँदै नगर प्रमुख कटुवालले जन्मिँदै सम्मान पाउने सन्तानले विशेष माया पाएको पनि बताएकी छन्।

सहयोगीसहित अस्पतालमा नै पुगेर नगर प्रमुख कटुवालले बच्चा तथा आमाको स्वास्थ्यको बारेमा जानकारी पनि लिएकी छन्। समाजसेवामा निरन्तर सक्रिय रहँदै आएकी नगर प्रमुख कटुवालको कामको सबैतिर प्रशंसा भइरहेको छ।

प्रकाशित: ४ आश्विन २०७९ १३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App