coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पहिरोले पुरिँदा २ सय भेडाबाख्रा मरे

पाटनको चरन क्षेत्रबाट फर्कदैँ गरेका भेडाबाख्रा पहिरोमा परि मरेका छन्। हुम्लाको चंखेली गाउँ पालिका–६  लामा पाटन लेकमा पहिरोले पुरिँदा २ सय भेडाबाख्रा मरेका हुन्।  

पानी र हावाहुरी चल्न थालेसँगै पाटनबाट भेडाबाख्रा गोठतिर ल्याउँदै गर्दा पहिरोमा परेर मृत्यु भएको स्थानीय अजबहादुर शाहीलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको हो।  

सिद्ध बहादुर हमाल, मदन शाही र मेघे शाहीले लामापाटन लेकमा चराउन लगेको भेडाबाख्रा लगेका थिए। माथिबाट आएको पहिरोले २ सय वटा भेडाबाख्रा मरेको स्थानीय अजबहादुर शाहीले प्रहरी चौकीमा खबर गरेका थिए। पहिरोमा मानविय क्षती नभएको प्रहरीले जनाएको छ। घटना लगत्तै स्थानीय, प्रहरी लेकमा पुगेको थियो। पहिरोले लेकमा २ बढी भेडाबाख्राहरु मरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए।

प्रकाशित: ४ आश्विन २०७९ ०७:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App