८ वैशाख २०८१ शनिबार
समाज

जीप दुर्घटना हुँदा ६ जना घाईते

जाजरकोट छेडागाडमा मंगलबार बिहान जीप दुर्घटना हुँदा ६ जना घाईते भएका छन्। कर्णाली प्रदेश ००१ च ०३४४ नम्वरको जीप अनियन्त्रित भई सडकदेखि तल खस्दा दुर्घटना भएको हो।  

छेडागाड  नगरपालिका –२ घट्टे खोला नजिक जीप दुर्घटना भएको हो। छेडागाड –१ साल्मतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ६ जना घाईते भएका छन्। जीप कृष्ण बहादुर बुढाले चलाएका थिए। अनियन्त्रित भएर सडकदेखी तल खसेर दुर्घटना भएको हो। घाईते ६ जनाको छेडागाड नगरपालिका –१ को साल्मस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित: ४ आश्विन २०७९ ०६:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App