coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चार फरार अपराधी एकै दिन पक्राउ

विभिन्न मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका चार जनालाई प्रहरीले एकै दिन पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले एकै दिन चार फरार अपराधीलाई पक्राउ गरेको हो।

रौतहट जिल्ला अदालतबाट २०७२ भदौ १० मा फैसला भइ सजाय पाएर फरार रहेका चन्द्रपुर नगरपालिका ५ का लखिन्दर ठाकुर हजाम, २०७३ फागुन १ मा फैसला भई सजाय पाएर फरार रहेका चन्द्रपुर नपा ५ का शिव विश्वकर्मा, २०७७ माघ २६ मा फैसला भइ सजाय पाएर फरार रहेका चन्द्रपुर नपा ५ कै खजान्ती साह कानु र ज्यान मार्ने उद्योग मुद्दामा वारदातपश्चात फरार रहेका चन्द्रपुर नपा ७ का समरुल मियाँ दर्जीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनालाई जिल्ला अदालत रौतहटमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपि सुनिल मल्लले जानकारी गराएका छन्।

प्रकाशित: ३ आश्विन २०७९ १४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App