७ वैशाख २०८१ शुक्रबार
समाज

संविधान दिवसः कतै वृक्षारोपण, कतै विरोध प्रदर्शन

संविधान दिवसको अवसरमा प्रदेश नंं. १ सरकारले वृक्षारोपण गरेको छ।

विराटनगरको रानीदेखि बरगाछीसम्म सडकको बीच भागमा बिरुवा रोपेर संविधान दिवस मनाइएको हो। प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई र आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले बिरुवा रोपेर कार्यक्रमको सुरुवात गरेका हुन्।

सो क्रममा मुख्यमन्त्री राईले संविधान निर्माणको छोटो अवधिमै महत्वपूर्ण उपलब्धी हाँसिल गरेको र नेपाली जनताले प्राप्त गरेको संविधानलाई जोगाएर राख्नुपर्ने बताए। सोही क्रममा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संविधानसँगैको संघीयताले विकासका गतिविधि चलायमान बनाएको बताए।

इटहरीमा संविधान दिवसको विरोध गर्दै प्रदर्शन

नेपालको संविधान २०७२ जारी गर्दा गर्दै त्यसप्रति असन्तुष्टि रहेको सन्देश दिन खोजिएको थियो। त्यतिबेला संविधानप्रति असन्तुष्टि रहेको सन्देश दिने कतिपय समूहमा निःसन्देह परिणम भिन्न भइ सक्नुपर्नेमा अझै पनि संविधान जारी भएको दिनलाई विरोधकै रुपमा मनाइ रहेका छन्।

यसै क्रममा सोमबार इटहरीमा मंगोल नेसनल अर्गनाइजेसन डाक्टर गोपाल गुरुङ समूहले विरोध कार्यक्रम गरेको छ। मंगोल नेशनलले संविधानले हिन्दु मुलवासी मंगोलहरुलाई सम्वोधन नगरेको र समान अधिकार  नदिएको भन्दै विरोध जनाएको हो।

वराहक्षेत्र र इनरुवामा प्रभात फेरी

संविधान दिवसको अवसरमा बराहक्षेत्र नगरपालिका र इनरुवा नगरपालिकाले सोमबार प्रभात फेरी निकालेका छन्। बराहक्षेत्र नगरपालिकाको कार्यालयबाट सुरु भएको प्रभात फेरी मुनाल चोक, बस स्टेन, राँगा चोक, बुधबारे चोक, आइतबारे चोक, नेता चोक, महेन्द्र गेट , पानी टेङ्की, जङ्गी चोक, मुनाल चोक लगायतको स्थान परिक्रमा गरेर नगरपालिकाको कार्यालयमा कोण सभामा परिणत भएको थियो।

यसैबीच, सदरमुकाम  इनरुवामा पनि प्रभातफेरी निकालिएको छ। इनरुवाको शहिद गेटबाट निकालिएको प्रभात फेरीमा नेपालको झण्डा, संविधान संरक्षण सबैको नेपालको कर्तव्य हो, मौलिक हकको सुनिश्चित गर, नेपालको नयाँ नक्सा कार्यान्वयन गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकी प्रभात फेरी निकालिएको थियो।

प्रकाशित: ३ आश्विन २०७९ १३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App