१५ चैत्र २०८० बिहीबार
समाज

आत्महत्या रोक्न प्रहरीको सचेतना अभियान

आत्महत्या रोक्नथाम अभियानद्धारा सचेतना जगाउदै कालिकोट प्रहरीः तस्विर ललित विष्ट/मान्म कालिकोट।

आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी प्रहरीले सचेतना कार्यक्रम गरेको छ। विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आईतवार कालिकोटको मान्ममा प्रहरीले आत्महत्या रोकथाम तथा नियन्त्रणको लागि सचेतना कार्यक्रम सुरु गरेको हो।  

जिल्ला प्रहरी कार्यालय कालिकोटको आयोजनामा सामुदाय प्रहरी साझेदारी कार्यालय अन्तर्गत प्रहरीले आत्महत्या रोक्नथाम सम्बन्धी विशेष सचेतना कार्यक्रम सुरु गरेको डिएसपी जयस्वर रिमालले जानकारी दिए। उनले भने ‘औपचारिक रूपमा विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारि सुरु गरेका छौं। यसपछि आत्महत्या रोकथाम र नियन्त्रणको लागि प्रहरी मार्फत स्थानिय तहरूमा यो अभियान पुग्नेछ।’ डिएसपीले भने,‘अहिले बढदै गएको आत्महत्या सबैको साथ सहयोग र सचेतनाको कारणले मात्र न्यूनिकरण गर्न सकिनेछ।’ सबैको साथ सहयोग र सचेतनाको माध्यमबाट आत्महत्या न्युनिकरण गरिनुपर्ने उनले बताए। 

 

कालिकोटमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटको तथ्याङक अनुसार आर्थिक वर्ष २०७६/७७ मा ४ जना, २०७७/७८मा १५ जना,२०७८/७९ मा १६ जना गरी ३५ जनाले आत्महत्या गरेका छन्। जसमा झुन्डिएर तथा विषसेवन गरेर आत्महत्या गर्ने धेरै रहेको प्रहरीले जनाएको छ । २०७३ देखि ७६ सम्म ४१ जनाले आत्महत्या गरेका थिए।

घरायसी विवाद,प्रेम तथा यौन सम्बन्ध,सामाजिक हेला,मानसिक तनावजस्ता कारणले आत्महत्याका घटना बढेको प्रहरीले जनाएको छ। पछिल्लो समय कालिकोटमा आत्महत्या गर्ने बालबालिकाको संख्या पनि बढ्दै गएको छ।  

डिप्रेसन,मादक पदार्थ सेवनलगायतका कारणले आत्महत्या गर्नेको संख्या बढेको जिल्ला अस्पताल कालिकोटका डा.रत्नबिर सुनारले बताए । आत्महत्या एउटा औषधिविहीन सामाजिक रोग भएको चिकित्सक बताउँछन्। आफैँमा विश्वास नहुनु,जीवनदेखि हार खानु,भावी जीवनका लागि असमर्थ हुनेले आत्महत्याको बाटो रोज्ने चिकित्सकहरूको भनाइ छ।

‘आत्महत्या नियन्त्रण गर्नकालागि विशेष सचेतना अभियान नै चलाउनु पर्छ।’ त्यसका लागि पालिकाहरुले प्रहरीसंग पनि समन्वयगरेर कार्यक्रम गनुपर्ने प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए।

परिवारमा कोही सदस्यले एकोहोरिने जस्ता असामान्य व्यवहार देखाए परिवारका अन्य सदस्यले तत्काल मनोपरामर्श तथा उपचारमा ध्यान दिए आत्महत्याको दर धेरै कम हुने मनोविश्लेषकहरू बताउँछन्।

प्रहरीको अभियान समुदायमा

आत्महत्या गर्नेको संख्या बढ्दै गएपछि कालिकोट प्रहरीले आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम लिएर सामुदायमा जाने भएको छ। सामुदायमा गएर परामर्शसहितको जनचेतनामूलक कार्यक्रम संञ्चालन गर्ने डिएसपी जयस्वर रिमालले बताए ।

जिल्लाका सबै पालिकाको समन्वयमा समुदायमा पुगेर सचेतना कक्षा संञ्चालन गरिने प्रहरीले जनाएको छ। 

प्रकाशित: २ आश्विन २०७९ १३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App