coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पथरिया र कान्द्रा नदीमा आएको बाढी बस्तीमा पस्दा ७ सय बढी घर डुवानमा

फाइल तस्बिर

बिहिवार राती देखि परेको अविरल वर्षाका कारण कैलालीको दक्षिणी क्षेत्रका सयौ परिवार डुवानमा परेका छन। पथरिया, कान्द्रा नदीमा आएको बाढी बस्तीमा पसेर ७ सय भन्दा बढी घर डुवानमा परेका छन।

पथरिया नदीको सतह बढेर भजनी नगरपालिकाको सोनपाटा टोल,दैलेखि टोल,भरतान टोल,जनकपुर र छरहवा टोलका करिव २ सय घर डुवानमा परेका छन।

यसैगरि कान्द्रा नदीमा आएको बाढीले  भजनी नगरपालिकाकै मिलनटोल, लालवोझी र पुलियापुर टोलका २ सय ५० भन्दा बढी घर डुवानमा परेको प्रहरीले बताएको छ।

कुटी गाउँ, वडा नं ७ का शिविर टोल, गणेशमान टोल र दक्षिणपुर्वी टोलका २ सय ५० घर डुवानमा परेको स्थानीयले बताएका छन।

प्रकाशित: १ आश्विन २०७९ ०४:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App