coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आमरण अनशनमा बसेका डा. केसीसँग वार्ता गर्न सरकारले बनायो टोली

विगत पाँच दिनदेखि धनगढीमा २०औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसीसँग वार्ता गर्नका लागि सरकारले वार्ता टोली गठन गरेको छ।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो। प्रधानमन्त्री कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव र नेपाल चिकित्सक संघका प्रतिनिधि सदस्य रहने गरी वार्ता टोली गठन गरेको जनाएको छ।

चिकित्सक संघका प्रतिनिधिलाई भने डा. केसी र सरकार दुवैको मध्यस्थता गर्ने गरी टोलीमा राखिएको छ। वार्ता टोली गठनसँगै सरकारले डा‍. केसीलाई अनशन तोड्न आग्रह गरेको छ। स्वास्थ्य सेवा सुधारका सात बुँदे माग राखेर धनगढीमा पाँच दिनदेखि अनसनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। तर उनले औषधि लिन मानेका छैनन्।

उनमा रिंगटा लाग्ने, थकान लाग्ने, श्वास फेर्न समस्या हुने, रक्तचाप र मुटुको धड्कनमा गडबडी लगाएतका समस्या देखिएको सेती प्रादेशिक अस्पतालका चिकित्सकहरुले बताएका छन्।

प्रकाशित: ३१ भाद्र २०७९ १४:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App