coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

घरमै पानी पुगेपछि भेरी जान छुट्यो

खानेपानी सुविधा पुगेको रुकुम (पश्चिम) को चौरजहारी उपत्यका।

वर्षैदेखि खानेपानीको चरम दुःख झेल्दै आएका रुकुम पश्चिमस्थित चौरजहारीका स्थानीयहरुको घरघरमा अहिले धाराहरु जोडिएका छन्।

घण्टौं लगाएर भेरीको पानी बोकेर खानुपर्ने चौरजहारीबासीको दैनिकी अचेल परिवर्तन भएको हो। शुद्ध खानेपानी घरघरमै पुगेपछि चौरजहारीबासीहरुमा खुसी छाएको छ। भेरीमा पानी लिन जादाँ अत्यास लाग्दो बाटो त्यसमा पनि वर्षातमा धमिलो पानी घण्टाैं सौंलाएर (थिक्रिएर) खानुपर्ने हुन्थ्यो।

विगतमा भेरी नदिबाटै पानी ल्याएर खानुपर्ने पिडा चौरजहारीका स्थानीयहरुमा थियो। अहिले भेरीको पानी लिफ्टमार्फत् अहिले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतको आर्थिक सहयोगमा विजयश्वरी चौरजहारी सुख्खा खानेपानी उपभोक्ता संस्थाले शुद्ध खानेपानी चौरजहारीको घरघरमा वितरण गरेको छ।

‘अहिले घरघरमा खानेपानी सुविधा पुगेको छ।’ विगतमा आफूहरुले भेरीबाट पानी ल्याउदा खुव दुःख पाइयो। अहिले सरकारले सुविस्था दिएको छ।’ ‘खच्चडबाट भेरीको पानी बोकाउनु पर्ने विगतमा बाध्यता थियो। अहिले चौरजहारी उपत्यकाका जनताले दुःख भोगेर दूषित  भेरीको पानी खानुपर्ने बाध्यता हट्यो।’

जसले गर्दा यहाँका स्थानीयहरु खानेपानी र सरसफाईका क्षेत्रमा अग्रणी रुपमा देखिएका हुन्। चौरजहारी नगरपालिकाको १, २ र ३ वडा रहेको चौरजहारी बजारमा परपर्दो खानेपानी ब्यवस्था नहुँदा विगतमा भेरी नदिको पानी खानुपर्ने बाध्यता रहेको थियो।

सिधा नदिबाट डोवेर ल्याएको दुषित पानी खानुपर्ने बाध्यता एकातिर चौरजहारीबासीमा थियो भने, अर्कोतिर पानी कै लागि घण्टौं समय खर्चिनुपर्ने दुःख रहेको थियो। पानीकै लागि भेरी नदिमा समय खर्चनुपर्ने बाध्यता हटेको स्थानीय मैती बटलाले बताइन्। ‘अहिले घरघरमा खानेपानी सुविधा पुगेको छ।’ स्थानीय गृहणी मैती बटलाले भनिन्, विगतमा आफूहरुले भेरीबाट पानी ल्याउदा खुव दुःख पाइयो। अहिले सरकारले सुविस्था दिएको छ।’

पानीको दुःख झैल्दै आएका चौरजहारी उपत्यकाको १, २ र ३ वडामा नजिक खानेपानीका मुहान नहुँदा भेरी नदिको पानी लिफ्ट प्रविधि मार्फत संञ्चालनमा ल्याइएको हो। आयोजनाबाट १५ सय ३० घरधुरीमा धारा निर्माण गरिएको छ। १२ हजार जनसंख्या सञ्चालित खानेपानी आयोजनाबाट प्रभावित भएको विजयश्वरी चौरजहारी सुख्खा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष तेजबहादुर बटलाले बताए।

‘खच्चडबाट भेरीको पानी बोकाउनु पर्ने विगतमा बाध्यता थियो। अहिले चौरजहारी उपत्यकाका जनताले दुःख भोगेर दूषित भेरीको पानी खानुपर्ने बाध्यता हट्यो।’ विजयश्वरी चौरजहारी सुख्खा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष तेजबहादुर बटलाले भने, 'आयोजना सुरुदेखि उपभोक्ताहरु निरन्तर सहयोग भएकाले दुई वर्षमै पानी चौरजहारीमा झार्न सफल भयौं। दूषित पानीका कारण हुने रोगहरुबाट उपभोक्ताले छुटकारा पाएका छन्। सबै उपभोक्ताहरु खानेपानीबाट सन्तुष्टी भएको पाएका छौं।’

‘असार, साउन लागेपछि भेरीको धमिला पानी खानुपथ्यो। भेरीबाट घरमा ल्याएर थेक्रिएर कम्तिमा ३ घण्टा राखेर पिउनुपथ्यो। चौरजहारीका मान्छेले पानी दिदैनन् भन्ने भनाइ नै थियो। अहिले चौरजहारीका घरघरमा धारामा खानेपानी झरेको छ।’

‘पानीका लागि भेरीमा जानुपर्ने अवस्थाले समाजमा दुःखको विकराल थियो।’ चौरजहारी नगरपालिका –३ की स्थानीय सञ्चिता केसी (बटला) ले भनिन्, ‘पानी लिन जाँदा धेरै लडेर घाइते भएका छन्। घरमा दुई जना त पानीकै जोहोको लागि समय खर्चनुपर्ने हुन्थ्यो। विगतमा दुःख खुव झेल्यौँ। अहिले खानेपानी घरघरमा पुगेसँगै सुखका दिन भोगिरहेका छौं।’

आयोजना कार्यान्वयसँगै खानेपानी सुरक्षा योजना अनिवार्य रुपमा लागू गरिएको छ। २०७४ माघ १० गते आयोजना निर्माणका लागि विजयश्वरी चौरजहारी सुख्खा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयविच सम्झौता गरिएको थियो।

निर्माण कम्पनीले आयोजनाको काम २०७५ असार ७ गतेबाट सुरु गरेर २०७९ असार ६ गते सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो। मुख्य प्रशारण लाइन ७.६ किलोमिटर रहेको छ भने, घरघरमा पुगेको सहायक लाइन ३५.९१ किलोमिटर रहेको छ। आयोजना सुरु गरेको दुई वर्षभित्रै चौरजहारीमा खानेपानी झरेको थियो।

चौरजहारीबासीको पानी दुःख संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र उपभोक्ता संस्थाले घरघरमा खानेपानी वितरण गरेसँगै नगरबासीमा पानी दुःख हटेको चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प बादीले बताए।

‘असार, साउन लागेपछि भेरीको धमिला पानी खानुपथ्यो। भेरीबाट घरमा ल्याएर थेक्रिएर कम्तिमा ३ घण्टा राखेर पिउनुपथ्यो। चौरजहारीका मान्छेले पानी दिदैनन् भन्ने भनाइ नै थियो। नगर प्रमुख पुष्प बादीले भने, अहिले चौरजहारीका घरघरमा धारामा खानेपानी झरेको छ।’

पानी शुद्धिकरणपछि भेरी नदि किनारमा बनाइएको ३ लाख लिटर रिर्जव टंकीमा झारेर दुई वटा मोटरले लिफ्ट मार्फत स्यालखोलामा रहेको अर्को ३ लाख लिटरको वितरण टंकीमा पठाइन्छ। त्यहाबाट चौरजहारीभरि वितरण गर्ने व्यवस्थापन मिलाइएको छ।

जसमा टोलअनुसार ७ वटा अन्य सहायक टंकीहरु बनाइएको छ। ४ वटा ७० हजार लिटर पानी अटने क्षमताको रहेको छ भने २ वटामा ४० हजार लिटर पानी र १ मा ३० हजार लिटर पानी अटने क्षमता रहेको छ। टोलको जंनसंख्या अनुसार पानी टंकी निर्माण गरिएको आयोजनाले जनाएको छ।

काकाकुल चौरजहारी बजार क्षेत्रका घरघरमा नियमित पानी आउन थालेपछि स्थानीयहरु खुसी भएका छन्। व्यवसाय गर्न पानीकै कारण धेरै चुनौती थियो तर, अहिले पानी घरमा आएसंगै सहजता भएको ब्यवसायी हिमराज श्रेष्ठले बताए।

नेपाल सरकारको ९० प्रतिशत र लाभान्वित स्थानीयहरुले १० प्रतिशत रकममा आयोजनाको निर्माण भएको हो। जसमा १ प्रतिशत रकम अग्रिम स्थानीयहरुले जम्मा गरेका थिए। आयोजना कार्यालयले कुल २१ करोड ६२ लाख ३७ हजार ५ सय ५ रुपैँयामा ठेक्का आह्वान गरी १५ करोड ३४ लाख ८१ हजार ४ सय ४ रुपैँयामा निर्माण कम्पनीले सम्झौता भएको थियो।

‘आयोजनामा पानी शुद्धिकरणको सबै विधिहरु प्रयोग गरिन्छ। दीर्घकालीन आयोजना सञ्चालनका लागि उपभोक्ता संस्थासंग सहकार्य भइरहेको छ।’

उपभोक्ताहरुको अवस्था हेरेर चौरजहारी नगरपालिकासंगको सहकार्यमा तिर्न नसक्नेहरुलाई ५ यूनिट (५ हजार लिटर) सम्म निःशुल्क व्यवस्थापन गरेको विजयश्वरी चौरजहारी सुख्खा खानेपानी उपभोक्ता संस्थाका व्यवस्थापक बसन्तकुमार भण्डारीले बताए।

आयोजना निर्माण क्रममा चौरजहारीबासी एकजुट भएर सम्पन्न गर्न दिनरात खटिएकै कारण अहिले चौरजहारीको घरघरमा खानेपानी पुगेको हो। उनीहरु खानेपानीको लागि भेरी पुग्नुपर्ने बाध्यता सदाको लागि हटेपछि खुसी साट्ने गरेका छन्।

भेरीको पानीलाई नेपाल गुणस्तर मापदण्ड र डब्लुएचओको गुणस्तर मापदण्डअनुसार शुद्ध पानी चौरजहारीबासीलाई खुवाएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतका आयोजना प्रमुख देवेन्द्र झाले बताए। ‘आयोजनामा पानी शुद्धिकरणको सबै विधिहरु प्रयोग गरिन्छ।’ आयोजना प्रमुख देवेन्द्र झाले भने, दीर्घकालीन आयोजना सञ्चालनका लागि उपभोक्ता संस्थासंग सहकार्य भइरहेको छ।’

प्रकाशित: ३१ भाद्र २०७९ ०९:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App