२२ मंसिर २०७९ बिहीबार
समाज

अनसनरत डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै, औषधि प्रयोग गर्न मानेनन्

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसहित ७ बुँदे माग राखेर धनगढीमा २०औं आमरण अनसन बसेका डा.गोबिन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। विगतका अनसनको तुलनामा यसपटक डा.केसीको स्वास्थ्य अवस्थामा अनसन थालेको थोरै दिनमै गम्भीर समस्या देखिन थालेको चिकित्सक अमृत जैशीले बताए।  

धनगढी कृष्ण मन्दिरको धर्मशालामा सत्याग्रहमा बसेका उनको तीन दिनमै स्वास्थ्यमा समस्या देखिएपछि गत बुधबार साँझ एम्बुलेन्सबाट सेती प्रादेशिक अस्पतालमा लगेर भर्ना गरिएको थियो। अस्पताल लगिएपनि डा.केसीले औषधि प्रयोग गर्न ईन्कार गरेका छन्। जिउ दुख्ने,मांसपेशि दुख्ने, टाउको दुख्ने, रिङ्ग्टा लाग्ने, थकान लाग्ने, बाउडिने, श्वास फेर्न गाह्रो हुने र छाती दुख्ने  लक्षण डा.केसीमा देखिएको चिकित्सकले बताएका छन्। 

उनको रगतमा गुलुकोजको मात्र एकदम कम देखिएको, रक्तचाप निकै कम देखिएको, मुटुको ढड्कनमा गडबढी, श्वासप्रश्वास दर बढ्दै गएको, क्याल्सियम फस्फरोस म्याग्नेसियम कम, पिसाबमा किटोन बढ्दै गएको  चिकित्सकको टोलिले जाँच गरेपछि प्रकाशित मेडिकल बुलेटीनमा उल्लेख छ।  यसैगरी तौल घट्दै गएको, पोषण तत्व र पानीको मात्रा घट्दै गई जटिलता बढ्दै गएको डा.जैसीले बताए।  

पानी र पोषण तत्वको असन्तुलनले बोहोश हुन सक्ने, शरीर कम्पन्न हुन सक्ने र शरिरका अङ्ग बिग्रन सक्ने खतरा उत्पन्न भएको चिकित्सकले बताएका छन्। डा.केसीसङ्ग भेटघाट गर्न बन्द गरिएको उनले बताए। अवस्था जटिल बन्दै गएपनि औषधि प्रयोग गर्न ईन्कार गरेको छन्। बेहोस भएपनि औषधि प्रयोग नगर्नू भनेर उनले लेखेर दिएको जैसीले बताए। 

प्रकाशित: ३१ भाद्र २०७९ १३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App