७ वैशाख २०८१ शुक्रबार
समाज

आमाको हत्या गरेर छाेरा फरार

धारिलो हतियार प्रयोग गरि एक जनाले आफ्नै आमाको हत्या गरेर फरार भएका छन्। कलैया उपमहानगरपालिका ७ रंगपुरका धनबन्दी देवीलाई उनको छोरा जयकिशोर यादवले हत्या गरेर फरार भएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताएका छन्।

बिहीबार बेलुका घरमै रहेका परिवारको सदस्यहरुबीच विवाद बढ्दै जाँदा छोरो जयकिशोरले आवेशमा आएर हँसियाले घाँटी काटेपछि उनको मृत्यु भएको बोगटीले बताए।  

घटनाको बारेमा बुझ्नको लागि मृत्यकका श्रीमान र छोराको बुवा शिवनारायण यादवलाई नियन्त्रणमा लिएको उनले बताए।

प्रकाशित: ३१ भाद्र २०७९ ०८:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App