८ वैशाख २०८१ शनिबार
समाज

गायिका अमृता सिर्पालीले लगाइन् जापानमा दोहोरी सञ्चालकले दुर्व्यवहार गरेको आरोप

जापान भ्रमणमा रहेकी लोकदोहोरी गायिका अमृता सिर्पालीलाई दुर्व्यवहार भएको छ। सांगितिक कार्यक्रमको सिलसिलमा जापानमा रहेकी बेनी नगरपालिका वडा नं ३ भकिम्लीकी सिर्पालीलाई धौलागिरी दोहोरी साझँ जापानका सञ्चालक धन थापाले विभिन्न किसिमका टर्चर दिने गरेको बताएकी छन्। 

धौलागिरी दोहोरी साझँका सञ्चालक थापाको स्पोन्सरमा जापान गएकी सिर्पालीलाई गलत नजरले हेर्न, विभिन्न कार्यक्रममा सहभागी भएवापत कमिसन माग्ने तथा लगातार अनावश्यक टर्चर दिने गरेको बताईन्। ‘मलाई विभिन्न किसिमको धम्की आउने गरेको छ,‘चरित्रमाथि नै प्रश्न उठाउने, भौतिक रुपमै आक्रमण गरेपछि अहिले असुरक्षित भएको छु’ गायिका सिर्पालीले भनिन्। उनले सामाजिक प्रतिष्ठा, सांगितिक क्षेत्रमै असर गर्ने, व्यक्तिगत चाहना पूरा नहुदाँ भौतिक रुपमै आक्रमण गरेपछि ओशाकाको एक घरमा शरण लिएर बसेको बताईन्।  

गायिका सिर्पालीको भकिम्लीमा रहेका बुबाआमालाई समेत फोन गरी अनावश्यक टर्चर दिने गरेको गुनासो गरेकी छन्। ‘मेरो दुई महिनाको भिषा अझै छ,‘कुनैपनि बेला जेपनि गर्नसक्छु भन्दै धम्की दिएको छ,असुरक्षित बनिरहेको छु’ सिर्पालीले बेनीअनलाइनलाई भनिन्। उनले आफ्नो सुरक्षाको माग गदैं मोना जापान,लोकदोहोरी प्रतिष्ठान जापान शाखालाई समेत लिखित निवेदन पेश गरेकी छन्। पछिल्लो समय लोकदोहारी क्षेत्रमा आफ्नो फरक पहिचान बनाएकी सिर्पाली लामो समयसम्म दिदीको उपचारमा सक्रिय थिईन्। 

उनकी दिदी मिना विकको उपचारको अभिायनमा समेत जापानमा रहेका म्याग्देली सहित नेपालीले साथ दिएकाले उक्त यात्रामा सबैलाई धन्यवाद सहितका कार्यक्रमहरु समेत तय भएको अवस्थामा  धौलागिरी दोहोरी साझँ जापानका सञ्चालक थापाले अवरोध गर्ने गरेका थिए।  यता मोना जापानका सचिव गणेश श्रेष्ठले गायिकामाथि भएको दुर्व्यवहारको छानविनको माग गरेका छन्। जापानमा रहेका म्याग्देलीको साझा संस्था मोना जापानका अध्यक्ष सचिन श्रेष्ठ र सचिव श्रेष्ठद्वारा जारी विज्ञप्तीमा दोहोरीका सञ्चालकलाई कानुनी कारवाहीसहित गायिकाको ज्यानको रक्षाको माग गरिएको छ। 

प्रकाशित: २९ भाद्र २०७९ १६:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App