७ वैशाख २०८१ शुक्रबार
समाज

धरानमा वृद्धा महिलाको हत्या

धरानको वडा नं २० टोड्केमा एक वृद्ध महिलाको हत्या भएको छ। टोड्केस्थित हाइटेन्सन टावर नजिकै घर भएकी वृद्धा पुर्णिमाया राईको गए राती हत्या भएको हो। नाताले भदै पर्ने सनम राईका अनुसार घरमा वृद्धा एक्लै बस्ने गरेकी थिइन्। 

उनका छोरा बुहारी धरान बजार क्षेत्रमा नै बस्ने गरेका थिए। फुपुको हत्या भएको आज (बुधबार) बिहान करिब १० बजेतिर मात्र थाह भएको पनि भदै राईले जानकारी दिए। उनले भने,‘ठुलो बुबाको बुहारीले च्याउ तरकारी लगिदिनु भएको रहेछ। बोलाउदा पनि कतैबाट आवाज आएनछ। रगत देखेपछि डराएर फर्कनुभयो, र हाम्रो बुबाहरुलाई थाहा भयो।’

सबै जना गएर ढोका खोलेर कोठाभित्र हेर्दा रगतको आहालमा शव भेटिएको पनि उनले जानकारी दिए। फुपुले लगाउने गरगहनाहरु लुटेर लगेको उनले बताए। ‘फुपु राती कुखुराहरु थुनेर हाम्रो घरमा बस्न आउनुहुन्थ्यो। कहिले कही छोरा बुहारी, छोरीको तिर पनि जाने गर्नुहुन्थ्यो। हिजो पनि त्यतै जानु भयो होला भन्ने सोच्यौं,’उनले भने।  

घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाउने काम भइरहेको छ। साथै, शवलाई पोष्टमार्टमको लागि वीपी प्रतिष्ठान लैजाने तयारी भइरहेको छ। ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले पनि वृद्धाको हत्या भएको र अनुसन्धान शुरु भइसकेको जानकारी दिए। उनले भने,‘मर्डर भएको देखिन्छ। हामी घटनास्थलमा नै छौं, अनुसन्धान शुरु भइसकेको छ।’

प्रकाशित: २९ भाद्र २०७९ १५:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App