८ वैशाख २०८१ शनिबार
समाज

वीरेन्द्रनगरमा च्याउ चिनाउँदै ‘ईमानसिंह’

आफ्नो च्याउ फर्ममा च्याउ टिप्दै ईमानसिंह बस्नेत। तस्विर: गोविन्द /नागरिक

वीरेन्द्रनगरमा १२ वर्षअघि च्याउ भन्ने वित्तिकै नयाँ परिकार भएकाले रुचाउँदैनर्थे। च्याउ खेती हुँदैन्थ्यो त्यसैले बजारमा विकाउर्नै हम्मेहम्मे। नयाँ खेती भएकाले च्याउको बारेमा सुरुमा बुझाउनै गाह्रो हुने गरेको किसान अनुभव ईमानसिंह बस्नेतको छ। व्यवसायीक च्याउ खेती गर्ने वीरेन्द्रनगरका एक्का किसान वीरेन्द्रनगर नगरपालिका –११ चौखेढुंगाका ईमानसिंह बस्नेतले च्याउले बजार नपाएकोमा दुःखी भएनन्। च्याउको बजारिकरणमा निरन्तर लागि रहे।  

बस्नेतले च्याउ उत्पादन र विक्रि गर्दै अहिले वीरेन्द्रनगरलाई च्याउ खाने नगरीका रुपमा परिचित बनाए। १२ वर्षदेखि लगातार च्याउ उत्पादन र विक्रि गर्दै आएका बस्नेतले च्याउलाई नयाँ परिकारको रुपमा घरघरमा पु¥याए। एक मात्र अर्गानिक उत्पादन भएकाले स्वस्थकर परिकारका रुपमा च्याउ रहेको छ। विगतका वर्षहरुदेखि बाह्रै महिना च्याउ फलाउन थालेका छन्। अचेल च्याउ खेती गर्नेहरु बढेसंगै आम्दानीको प्रमुख श्रोत समेत हुन पुगेको छ। ४४ वर्षिय बस्नेतसंगै अहिले सुर्खेतमा च्याउ खेती गर्ने किसानहरु धेरै छन्।

१२ वर्षअघि बिदेश जाने सपना देखेर दुवईको भिसा लगाएका बस्नेत बिदेशमा गर्ने दुःखभन्दा आफ्नै देशमा पसिना बगाएर रोजगारी हुने उद्देश्य लिएर काठकमाडौंबाट फर्किए। सुरुमा युवा स्वरोजगार कार्यक्रमबाट ५० हजार ऋण लिएर चार वटा टनेल मार्फत च्याउ खेती गरेका उनले अहिले ७ वटा अत्याधुनिक च्याउ फल्ने घर निर्माण गरेका छन्। बाह्रै महिना च्याउ बेच्ने गरि उत्पादन गरेका छन्। ७ जना स्थानीयहरुलाई च्याउ खेतीमा काम दिएर रोजगारी दिएका छन्। 

१२ वर्षअघि बिदेश जाने सपना देखेर दुवईको भिसा लगाएका बस्नेत बिदेशमा गर्ने दुःखभन्दा आफ्नै देशमा पसिना बगाएर रोजगारी हुने उद्देश्य लिएर काठकमाडौंबाट फर्किए। सुरुमा युवा स्वरोजगार कार्यक्रमबाट ५० हजार ऋण लिएर चार वटा टनेल मार्फत च्याउ खेती गरेका उनले अहिले ७ वटा अत्याधुनिक च्याउ फल्ने घर निर्माण गरेका छन्। बाह्रै महिना च्याउ बेच्ने गरि उत्पादन गरेका छन्। ७ जना स्थानीयहरुलाई च्याउ खेतीमा काम दिएर रोजगारी दिएका छन्। 

महिनाको ५ देखी ७ लाखसम्म च्याउ बेच्ने गरेका बस्नेतले आफुले १ लाख ५० हजारसम्म आम्दानी लिने गरेको बताए। अहिलेसम्म च्याउ खेतीमा ६५ लाख रुपैयाँ लगानी भएको च्याउ किसान बस्नेतले बताए। बस्नेतको फर्मबाटै च्याउ धेरै विक्रि हुने गर्दछ। ‘च्याउ खेतीबाटै पाँच जनाको परिवारको खर्च धानेको छ।’ च्याउ किसान ईमानसिंह बस्नेतले भने, ‘च्याउ खेतीबाटै आम्दानी भएको पैसाले जेठो छोरा काठमाडौंमा व्यवस्थापन, छोरीलाई ऐग्रीकल्चल र कान्छो छोरा कक्षा १२ मा व्यवस्थापन पढ्दैछन्।’  

उनले छोराछोरीको पढाई खर्चका लागि मासिक ७०–८० हजार खर्चने गरेका बताउँछन्। च्याउ खेती पनि धेरै जोखिम भए पनि अहिले बजारको अभाव नभएकाले आम्दानी राम्रो भएको बस्नेतको अनुभव छ। वीरेन्द्रनगरमा च्याउ खाने बानी बसाल्न लामो समय दुःख गरेका बस्नेतले अचेल खोजीखोजी च्याउ खानेहरुको जमात बढी सकेको बताउँछन्।

प्रकाशित: २४ भाद्र २०७९ १२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App