coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

६१ तोला सुन चोरीको आरोपमा पक्राउ परेका पाँच जनालाई सफाइ

गत २०७५ सालको चैत ६ गते ६१ तोला सुन चोरीको आरोपमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रक्राउ गरेका चार जनालाई जिल्ला अदालत सिन्धुली र पुनरावेदन अदालतले कसुर प्रमाणित हुने आधार नदेखिएको भन्दै सफाइ दिएको छ।  

तत्कालिन समयमा सुनचाँदी बनाउने कालीगडको कोठाबाट ६१ तोला सुन चोरीमा सलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका ५ मधुटार देउराली बस्ने २५ वर्षीय विनोदकुमार दियाली, उनकै भाई वर्ष २१ को बुद्ध दियाली, वर्ष १८ को प्रदिप दियाली, सुन्दरहरैचा नगरपालिका वडा नं. २ मोरङ घर भई तत्कालिन अवस्थामा सिन्धुलीको कमलामाई नगरपालिका ६ सगरमाथा सुनचाँदी पसलमा सुनको कालीगडको काम गर्ने वर्ष २१ को सुनिल बराईली र कमलामाई नगरपालिका वडा नं. ७ ठुलीटार बस्ने बर्ष ३४ को हरि खत्रीलाई पक्राउ गरि मुद्धा चलाएको थियो।  

तत्कालिन जिल्ला न्यायधिश किरणप्रसाद सिवाकोटीको एकल इजलासले आरोप पुष्टि गर्ने प्रमाण मिसिलबाट नदेखिएकाले प्रमाणको अभावमा प्रतिवादीहरु उपरको अभियोग माग दाबी पुग्न नसक्ने भन्दै पक्राउ परेका पाँच जनालाई नै सफाइ दिने फैसल्ला गरेको हो।  

पुर्वक्षका लागि चोरीको आरोपमा प्रक्राउ परी जेल चलान भएका  पाँच जनालाई नै मुद्धाबाट सफाइ दिई २०७७ साल असोज २२ गते जेलमुक्त गर्न अदालतले आदेश दिएसँगै जेल मुक्त भएका थिए। जिल्ला अदालतको फैसल्ला उपर चित्त नबुझेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनमा मुद्धा पुनरावेदन गरेको थियो।  

तर उच्च अदालतले समेत शंकाको भरमा दोसी करार गर्न फौजदारी न्यायका मान्य सिद्धान्त समेतका आधारमा मिल्ने अवस्था नभएकाले मुद्धाका आरोपीहरुलाई सफाइ दिने जिल्ला अदालतको फैसला नै सदर हुने उच्च अदालतले समते फैसला गरेको थियो।  मिसिलमा संलग्न कागजातका आधारमा जिल्ला अदालत सिन्धुलीकै फैसला सदर गर्ने न्यायधिशहरु माधवप्रसाद पोखरेल र महेन्द्रनाथ उपाध्यायको सयुक्त इजलासले फैसल्ला गरेका हो।  

५२ तोला सुनका गरगहना र ९ तोला सुनको बुट्टा गरि ६१ तोला सुन चोरी गरेको आरोपमा उनिहरुलाई तत्कालिन अवस्थामा प्रहरीले प्रक्राउ गरि मुद्धा चलाएको भएपनि जिल्ला अदालत र उच्च अदालतले उनिहरुलाई शंकाको भरमा दोषी देखाउन नमिल्ने भन्दै सफाइ दिएको हो। 

प्रकाशित: २३ भाद्र २०७९ ०२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App