८ वैशाख २०८१ शनिबार
समाज

पैसा दिने आश्वासनमा बालिका बेचविखन गर्ने गिरोह सक्रिय

इटहरी उपमहनगरपालिका वडा नं. १५ निवासी सोनावती चौधरीलाई धामीले पूजा लगाएर सुन पाइने आशा देखाए। त्यसलाई सोनावतीको परिवारले सहजै पत्याएर पूजा लगायो। अनि विराटनगर घर भएका धामी दिनेश मण्डलले अविवाहित केटीले पूजाको सामग्री सेलाउन कोशी जानुपर्छ भनेपछि चौधरी परिवारले नपत्याउने कुरै भएन्।  

सोनावतीले माइती छोरीलाई धामीझाक्री मण्डल र आफ्नै जेठाजु लालु चौधरीसँग कोशीमा पूजा सामग्री सेलाउन पठाए। तर, मण्डलले भित्रभित्रै योजना बुनेर ती बालिकालाई भारत पुर्‍याए। बालिकालाई भारत पुर्‍याएको ४१ दिनमा प्रहरीले उद्दार गरेर ल्याउन सफल भएको थियो। घटनाक्रम अनुसार कक्षा ६ मा अध्यानरत अस्मितालाई वैशाख ३० गते आफनै ठुलो बुबा चौधरी र धामी झाक्रीको काम गर्ने मण्डलले पुजा विर्सन गर्न कोशी नदी लिएर गए। एउटै मोटरसाइकलमा तीन जना कोशी नदी पूजा विसर्जन गर्न गएका थिए। तर अस्मितालाई न कोशी लगियो, न घरनै फकाइयो। सोही दिनदेखि अस्मितलाई बेपत्ता बनाइएको थियो। अस्मितालाई भारतसम्म पुर्‍याउनुमा परिवारको लोभ र अन्धबिश्वास नै मुख्य  कारक थियो।

त्यसो त सप्तरीको मन्दिरमा पुजा गर्नको लागि  ५ फिट ५ इन्च उचाई भएकी अविवाहित युवती चाहिएको र  पुजारीले घुम्टो ओडाई पुजारीले टिका लगाई दिँदा दुवै हात थाप्दा  ५ अर्ब रुपैया र ५ तोला सुन प्राप्त हुन्छ भनेर आश्वासन दिने दुई जना पक्राउ परेका छन्। मोरङ हरैँचा वडा नं. ४ निवासी २० वर्षे युवतीलाई आकर्षक आश्वासन दिएर मानव वेचविखन गर्न लाने योजना बनाउने पक्राउ परेका हुन्। युवतीले शंकास्पद व्यक्ति ठानेर प्रस्ताव अस्वीकार गरि सोझै प्रहरी कार्यालयमा उजुरी गर्दा पक्राउ परेका हुन्। प्रहरीले यसरी अनेक वाहना बनाएर वेचविखन गर्न लान लागेको आरोपमा इटहरी वडा नं.१३ का २९ वर्षे मदन सरदार  र  मोरङ सुन्दरहरँैचा वडा नं. ४ निवासी ३६ वर्षे सुनिता सरदार पक्राउ परेको प्रहरीले जनायो। सरदारद्दयलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइ रहेको छ।  

एकपछि अर्को गरि पछिल्लो समय बालिका र युवतीलाई अनेक प्रलोभन देखाएर वेचविखन गर्न लाने क्रम बढ्दो छ। प्रहरीले त्यस्तो गिरोहमा संलग्न पछिल्लो समय पक्राउ पर्ने क्रम बढेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्रबहादुर खड्काले बताए। जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/०७९ मा जिल्लाभर आठवटा मानव वेचविखनबिरुद्द प्रहरीले मुद्दा चलाएको छ।

प्रकाशित: २० भाद्र २०७९ १५:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App