७ वैशाख २०८१ शुक्रबार
समाज

व्यवस्थित बन्दै दैलेख कारागार

दैलेख जिल्ला कारागार निरिक्षण गर्दै सुरक्षाअधिकारीहरु। तस्विर: नागरिक

नयाँ भवनमा दैलेख जिल्ला कारागार सारिएयता व्यवस्थित भएको छ। कैंदीबन्दीहरुका खानपान, खेलकुददेखि मनोरञ्जनसमेतको व्यवस्थापन गरिएको हो। थप व्यवस्थित बनाउन कारागार छड्के अनुगमन समेत गरिएको। अनुगमनमा कैंदीबन्दीहरुको गुनासो सुन्ने परिपार्टी समेत बसालिएको छ। अनुगमनमा कारागार पेरिमिटर (बाहिरी) सुरक्षा व्यवस्था, भित्री सुरक्षा व्यवस्था, कैंदीहरुको अवस्था, खानपिन, सरसफाई लगायतको जानकारी लिएका थिए।

दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोईराला, दैलेखका प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर साह, राष्ट्रिय अनुसन्धान कार्यालय दैलेखका प्रमुख (डिएसपी) दिलबहादुर चौधरीको संयुक्त टोलीले दैलेख जिल्ला कारागारको अनुगमन गरेका हुन्। कारागार सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरुलाई कारागार सुरक्षामा कडाई गर्न र कैंदीहरुलाई नम्र, शिष्टबोली व्यबहार गर्न अनुगमन टोलीले निर्देशन दिएको थियो। अनुगमन टोलीले कैंदीहरुका लागि खाना तयार गर्ने भान्छा निरिक्षण गरेका थिए। दैलेखमा रहेको अत्याधुनिक सुविधासम्पन्न कारागार हो।

दैलेख कारागारमा १ सय ५२ जना कैंदी र बच्चा ३ जना बस्दै आएका छन्। अचानक अनुगमन गएको निकै राम्रो व्यवस्थान भएको डिएसपी साहले बताए। योग हुने, खेलकुद टेवुलटेनिस, ब्याटमेन्टन, बलिबल, चेस लगायतका खेलकुदहरु हुने गर्दछन्।

प्रकाशित: १९ भाद्र २०७९ १२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App