२३ मंसिर २०७९ शुक्रबार
समाज

पहिरोले पाइप बगाउँदा खानेपानीको समस्या

पहिरोले खानेपानीको पाइप बगाउँदा डिलासैनी गाउँपालिकाका स्थानीय समस्यामा परेका छन्। वृहत खानेपानीको पाइप पहिरोले क्षति गरेपछि डिलासैनीका करिब ४ सय घरघुरी खानेपानीबाट बन्चित भएका हुन्। वडा नम्बर ३, ५, ६ र ७ का स्थानीय पिउने पानीबाट बन्चित भएको स्थानीय रामसिंह बोहराले बताए।

खानेपानी योजनाको पतपोडा, मट्टाखोला लगायतका ४/५ ठाउँमा पहिरोले पाइपालाइनमा क्षति पुगेको वृहत खानेपानी योजनाका अध्यक्ष धर्म सिंह बोहराले बताए। यहि भदौ १५ गतेको वर्षाको कारण आएको पहिरोले पाइपलाइन बगाएको हो।

पाइपलाइन पहिरोले बगाएपछि अहिले खानेपानीको जोहो गर्न समस्या भएको स्थानीय बताउँछन्। अहिले आकाशे पानी र अन्य मुहानबाट पानीको जोहो गरिरहेको स्थानीय अमरसिंह मालले बताए। धाराहरुमा  खानेपानी  आउन बन्द भएपछि पानीकै लागि भौतारिनुपर्ने अवस्था आएको उनले जानकारी दिए। धारामा पानी आउन टोडेपछि खोलाको धमिला पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय बताउँछन्।

खानेपानीको पाइप मर्मत लागि बर्खायाम भएकाले समस्या भएको योजनाका अध्यक्ष बोहराले बताए। खानेपानी मर्मतको लागि स्थानीय सरकारलाई आग्रह गरेको उनले जानकारी दिए। 

प्रकाशित: १९ भाद्र २०७९ १७:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App