१९ मंसिर २०७९ सोमबार
समाज

अन्तर्राष्ट्रिय संस्थामा साढे चार दशक बिताएका गुरुङ चियाबारीमा

इलाम नगरपालिका–५, बरबोटेका नरेन्द्र गुरुङ आफ्नो घरनजिकै चिया अवलोकन गर्दै। तस्बिर: भीम/नागरिक

तत्काल नगद, त्यो पनि हाताहाती नाफा कमाउन खोज्नेहरू कृषि पेसालाई ‘दुःखी काम’ ठान्छन् र कतिपयले यो पेसाकै उपेक्षासमेत गर्छन्। खाडीमा रोजगारी गर्न जानेमध्ये पनि कतिपयको त्यो रोजाइ बाध्यता होइन, छिमेकमा चलेको ‘लहर’कै ‘लय’मात्रै हो।  

छँदाखाँदाको आफ्नो उर्बर भूमि बाँझै छाडेर खाडीको गर्मीमा पसिना चुहाउन जानेहरू इलाममा पनि कम छैनन्। वैदेशिक रोजगारीमा जानु कतिपयको बाध्यता होला तर उर्बर र खेतीयोग्य जमिन बझ्याएर तल्लाघरे, माथ्लाघरेको देखासिकी गर्दै खाडी मुलुक हानिनेको संख्या इलामका कतिपय गाउँमा घरलौरीजस्तै छ।  

पहाडी हावापानी, जता जे खेती लगायो, अलि परिश्रम गर्दा भरपुर आम्दानी लिन सकिने सम्भावनै सम्भावनाको ठाउँका रूपमा लिइन्छ यो जिल्लालाई। तर, कृषि र कृषकप्रति राज्यको दायित्व र युवाको जाँगरबीच तालमेल नहुँदा यहाँको कृषिसम्भावना खेर गइरहेको छ। र, पहाडी हावापानीको कृषिउपजको महŒव पहिचान हुन सकिरहेको छैन। किसानलाई प्रोत्साहन छैन, मल–बीऊ, सिँचाइ र उत्पादनको बजार उस्तै अनिश्चत। धेरै संख्यामा देखिने किसान अझै निर्वाहमुखी कृषिमै छन्, व्यावसायिक र उदाहरण बनेका किसान चाहिँ निकै ठूलो आँट गर्दैछन् र जोखिमसमेत मोल्दैछन्।  

यस्तै कृषिको महत्व र सम्भावना बुझेका तर लामो समय सरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा जागिर खाएका इलाम बरबोटेका नरेन्द्र गुरुङ भने अहिले बाबु–बाजेकै पेसामा फर्किएका छन्। तर, उनको खेतीप्रणाली अब पुरानो पाराको छैन, सकेसम्म नयाँ बाली, नयाँ तरिकाले उत्पादन गर्दै विश्वको बजार सम्भावना पहिल्याउनेतिर लागेका छन् उनी।

यस्तै कृषिको महत्व र सम्भावना बुझेका तर लामो समय सरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा जागिर खाएका इलाम बरबोटेका नरेन्द्र गुरुङ भने अहिले बाबु–बाजेकै पेसामा फर्किएका छन्। तर, उनको खेतीप्रणाली अब पुरानो पाराको छैन, सकेसम्म नयाँ बाली, नयाँ तरिकाले उत्पादन गर्दै विश्वको बजार सम्भावना पहिल्याउनेतिर लागेका छन् उनी।

विश्व बैंक, एसियाली विकास बैंक, जाइकालगायत संस्थामा उच्च पदमा काम गरेर अवकास भएका ६५ वर्षे गुरुङ हेर्दा जति युवावयकै लाग्छन्, उत्ति नै उनी कृषिप्रति जाँगरिला पनि देखिन्छन्। इलाम नगरपालिका–५, बरबोटेस्थित घलेटारमा वरिपरि हरियो चियाबारीले ढाकेको घर छ। घरमा पाहुना (पर्यटक)का लागि होमस्टे पनि। किबी, एबोकाडो, कफी, आरु र अन्य सम्भावनायुक्त बालीनालीले भरिएको छ उनको जग्गा।  

२०३० सालमा प्रवेशिका र २०३६ सालमा इलामबाटै स्नातक गरेपछि उनी थप पढाइका लागि काठमाडौं गए। अर्थशास्त्रमा स्नातकोत्तर गरेपछि उनले काठमाडौंको रत्नराज्य क्याम्पस पढाए। करिब ६ महिनापछि उनी ग्रामीण विकास व्यवस्थापन अध्ययनका लागि फिलिपिन्स गए। सन् १८८७ मा पढेर फर्किएपछि उनले अढाई वर्ष केयर नेपालमा जागिर खाए। १ वर्ष प्लान इन्टरनेसनलमा पनि काम गर्न भ्याए।  

३० वर्ष उमेरको हुँदा उनले हर्टिकल मास्टर प्लान बनाउनेगरी विश्व बैंकमा काम गर्ने अवसर पाए। एसियाली विकास बैंकको खानेपानी परियोजनामा समेत काम गरे। सन् १९९२ मा उनी संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)बाट तान्जानिया पुगे। अढाई वर्ष त्यहाँ बसेर फर्केपछि उनी जाइकामा आबद्ध भए। सुरुमा कृषि क्षेत्रको कार्यक्रम हेर्ने जिम्मेवारी पाएका उनी सेक्टर इन्चार्ज हुँदै सन् २०१२ मा नेपालको चिफ प्रोग्राम म्यानेजेर (जाइकाको नेपाल प्रमुख) भए। जाइका त्यतिबेला विश्व बैंकपछि नेपाललाई सहयोग गर्ने दोस्रो दातृसंस्था थियो। सन् २०१६ मा उनी जाइकाको जागिरबाट अवकाश भए।  

विशेषगरी जाइकामा काम गर्दाको अनुभव उनका लागि कृषि क्षेत्र चिनाउने अवसर थियो। उनले जाइकामा कृषि सेक्टरको इन्चार्ज भएरसमेत काम गरेका थिए। ‘जागिरबाट रिटायर्ड भएपछि कृषिमै रमाउने धोको थियो, पुख्र्यौली खेती थियो तर त्यसलाई नयाँ रूप दिएर कृषिको सम्भावनालाई व्यवहारमा उतार्नु थियो,’ उनले भने, ‘अहिले त्यही सम्भावना खोजिरहेको छु।’  

विशेषगरी जाइकामा काम गर्दाको अनुभव उनका लागि कृषि क्षेत्र चिनाउने अवसर थियो। उनले जाइकामा कृषि सेक्टरको इन्चार्ज भएरसमेत काम गरेका थिए। ‘जागिरबाट रिटायर्ड भएपछि कृषिमै रमाउने धोको थियो, पुख्र्यौली खेती थियो तर त्यसलाई नयाँ रूप दिएर कृषिको सम्भावनालाई व्यवहारमा उतार्नु थियो,’ उनले भने, ‘अहिले त्यही सम्भावना खोजिरहेको छु।’  

 

जागिरबाट अवकाश पाएपछि उनले चीन गएर चिया खेती र प्रशोधनसम्बन्धी तालिम लिए। त्यहाँबाट फर्केर उनी विशेषगरी चिया, कफी, एबोकाडो र किबीको खेतीका लागेका छन्। घरमै सानो चिया प्रशोधन उद्योग खोलेका छन्। अहिले उनको सय रोपनीमा चियाखेती छ। १९८० सालमा उनका हजुरबुबा रणवीर गुरुङले भारत र भुटानको सीमाक्षेत्र बानरहाटबाट ल्याएको चिया अहिले पनि उनको बगानमा छ। ‘त्यतिबेला नेपालमा किसानलाई व्यावसायिक हिसाबले चिया खेती गर्न बन्देज रहेछ,’ नरेन्द्रले भने, ‘हजुरबुबाले यहाँ खेती गर्न नपाएपछि बानरहाटको एउटा चिया बगानमा सेयर पनि हाल्नुभएको रहेछ, त्यहाँबाट ल्याएको ओरिजिनल चिनियाँ चियाका दुई दर्जन हाराहारी बोट चाहिँ अहिले पनि यहाँ छन्।’  

गुरुङले आफ्नो बारीमा कफीका ३ हजार बिरुवा लगाएका छन्। भौगोलिक हिसाबले इलामको सबैभन्दा उचाईमा यो खेती गरेको उनी बताउँछन्। ‘ब्याङ्लोर, भियतनाम, इन्डोनेसिया, ब्राजिलको कफी चाहिँ थोरै उचाईको भएकाले राम्रो गुणस्तरको मानिँदैन,’ उनले भने, ‘हाई अल्टिच्युटको यो कफी वा नेपालमा खेती गरिएको कफी निकै गुणस्तरको हुन्छ। हवई र सेन्ट्रल अमेरिकामा मात्र स्पेसल कफी उत्पादन हुन्छ, प्रयास गर्दा नेपालमा गुणस्तरीय कफीको सम्भावना छ।’ उनले नेपालमा कफीको चाहिँ बजारसमेत राम्रो रहेको बताए। नेपाली समाजमा कफी संस्कृति विकास हुँदैगएको र पछिल्लो समय विशेषगरी युवामा कफीप्रति आकर्षण बढेको उनी बताउँछन्।  

इलामका लागि नयाँ र नेपालमै कम खेती भएको मेकाडेमिया नट्स फलको खेती पनि उनले गरेका छन्। उनका अनुसार यो निकै महँगो मूल्यमा बिक्ने फल हो। एबोकाडोका सयभन्दा बढी बिरुवा रोपेका छन्। करिब दुई दर्जन किबीका बिरुवा पनि लगाएका छन् उनले।  

इलामका लागि नयाँ र नेपालमै कम खेती भएको मेकाडेमिया नट्स फलको खेती पनि उनले गरेका छन्। उनका अनुसार यो निकै महँगो मूल्यमा बिक्ने फल हो। एबोकाडोका सयभन्दा बढी बिरुवा रोपेका छन्। करिब दुई दर्जन किबीका बिरुवा पनि लगाएका छन् उनले।  

गुरुङले इलामसहित पहाडी हावापानीको कृषिउपजको विशेषता बताउन नसकेर यहाँका किसान मूल्य र बजारमा ठगिनेगरेको बताए। ‘पहाडी हावापानीमै मात्र उत्पादन हुने कृषिबालीको पनि गुणस्तर र विशेषता चाहिँ हामीले बताउन सकिरहेका छैनौ,’ उनले भने, ‘यो (इलाम)को उचाईमा जुन फल र बाली उत्पादन हुन्छ, यो उत्पादन व्यापारी र उपभोक्तालाई चिनाउनमात्रै सक्दा पनि विश्वमा राम्रो बजार पाउन सक्छ। तर, हाम्रो कमजोरी नै यो हावापानीको गुणस्तरीय उत्पादन चिनाउन नसक्नु हो।’

गुरुङले आफू कामको सिलसिलामा विश्वका धेरै देश घुम्नेक्रममा नेपालको कृषि, यहाँको कृषिउपजको गुणस्तर सम्भावनालगायतबारे तुलना गर्ने मौका पाएको बताए। ‘जागिरको सिलसिलामा कृषिका लागि काम गरियो, मलाई आफैं चाहिँ किन नगर्ने भन्ने लाग्यो,’ उनले सुनाए, ‘मैले कृषिमा गरिरहेको प्रयास किसानलाई उत्साहित गर्नकै लागि हो र कृषिमा सम्भावना पहिल्याएर अरूलाई बाटो देखाउनलाई हो।’

प्रकाशित: १९ भाद्र २०७९ १५:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App