coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा दुई प्रहरीसहित तीनको मृत्यु

सुनसरीका अलग–अलग स्थानमा भएका सवारी दुर्घटनामा दुई प्रहरीसहित तीनको मृत्यु भएको छ। 

शनिबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी कोशी गाउँपालिका क्षेत्रमा दुर्घटनामा हुँदा दुई जना प्रहरीको मृत्यु भएको हो। दुर्घटनामा परि प्रदेश नं. १ श्रम तथा रोजगार मन्त्रीका पिएसओ नेपाल प्रहरीका हवाल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरी बल मोरङमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक प्रकाश बुढाको मृत्यु भएको हो। मृत्यु हुने दुवै जना प्रहरी कार्यालयको काम वा व्यक्तिगत कामले पश्चिम गएको खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रमुख एसपी प्रभु ढकालले बताए।  

बिहान ८ः२५ मा पूर्वदेखि पश्चिम जाँदै गरेको को २ च २६४९ नम्बरको पिकअप भ्यानले विपरीत दिशाबाट पश्चिम जाँदै गरेको बा ६० प ४४९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो।  

यसैगरी, कोसी राजमार्ग अन्तर्गत शुक्रबार राति इटहरी वडा नं. २ आपगाछीमा भएको दुर्घटनामा एकको मृत्यु भएको छ। मोटरसाइकलमा यात्रा गरिरहेका इटहरी वडा नं. २ निवासी लोमश दाहाललाई पिकअपले ठक्कर दिँदा मृत्यु भएको हो। दुर्घटनामा अर्का एक जना पनि घाइते भएका छन्।    

धरान बाट इटहरी आउँदै गरेको प्र १–०२ –००२ च ४६६२ नम्बरको पिकअपले को १६ प ५७२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

प्रकाशित: १८ भाद्र २०७९ ०६:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App