८ वैशाख २०८१ शनिबार
समाज

बुटवल–पाल्पा सडक एकतर्फी रूपमा सुचारु

बिहीबार दिउँसोदेखी अवरुद्ध भएको बुटवल-पाल्पा सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डको हिउँदे खोलामा माथिबाट लेदोसहितको पहिरो झर्नुका साथै सडक भासिएपछि दुई दिनदेखि सडक अवरुद्ध भएको थियो। अवरुद्ध सडक डाइभर्सन गरी सडक खुलाएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार सडक अवरुद्ध भएपछि लामो समयदेखि रोकिएका सवारी साधनहरूको आ आफ्नो गतव्यमा लागेका छन्। बुटवल आउने तथा पाल्पा जाने दुवैतर्फका सवारी सधान एकतर्फी रूपमा गन्तव्यमा जान थालेपछि यात्रुहरु राहत भएको छ।

यो सडकमा हरेक वर्षामा पहिरोले यात्रुलाई सास्ती दिने गर्छ। यद्यपि सडक साँधुरो भएकाले अझै थुपै गाडीहरु बुटवल र पाल्पा तर्फ रोकिएका छन्।

प्रकाशित: १७ भाद्र २०७९ १३:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App