८ वैशाख २०८१ शनिबार
समाज

रोल्पामा बेपत्ता दिवस

रोल्पामा अन्तर्राष्ट्रिय बेपत्ताविरुद्धको दिवस मनाइएको छ। अन्तर्राष्ट्रिय बेपत्ताविरुद्धको दिवसमा अन्तरक्रिया तथा दीप प्रज्वलन समेत गरिएको थियो। नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखा र नेपाल महिला सामुदायिक सेवा केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा दिवस मनाइएको हो।

रोल्पा नगरपालिका प्रमुख मेयर सुरेन्द्र थापा घर्तीमगर, प्रमुख जिल्ला अधिकारी नबराज सापकोटा विभिन्न दलका प्रमुख प्रतिनिधि, द्वन्द्व पीडित सञ्जाल लुम्बिनी प्रदेशका संयोजक श्रीकुमारी रोकामगर, रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष केशवकुमार आचार्य र नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिन लोचनमगर लगायतले बेपत्ता पहिचानमा आयोग र सरकार सक्रिय हुनुपर्ने बताएका थिए।

नेपाल रेडक्रस सोसाइटी रोल्पाको तथ्याङक अनुसार रोल्पा जिल्ला द्वन्द्वको समयमा बेपत्ता परेका व्यक्तिको सूचीको संख्या ६४ रहेको छ। सरकारी तथ्यांकमा ३३ जना बेपत्ताको सूचीमा छन् भने भर्खरै बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले जिल्ला प्रशासन कार्यालयलाई १ सय ३ जनाको सूची दिएको छ।

रेडक्रस रोल्पाका मन्त्री अमर घर्तीले सहजिकरण गरेको कार्यक्रममा सभापती डिबि टुहुरोको अध्यक्षता सम्पन्न भएको थियो भने सहभागीलाई नेपाल महिला सामुदायिक सेवा केन्द्रका कार्यक्रम प्रमुख दिनेश सुवेदीले स्वागत गरेका थिए। हरेक वर्ष अंग्रेजी पात्रो अनुसार अगस्त ३० मा मनाइने दिवस यो वर्ष सोही दिन हिन्दु महिलाको चाड तीज परेकाले अगाडि नै मनाइएको आयोजकले बताएको छ। 

प्रकाशित: १३ भाद्र २०७९ १३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App