coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

निजी गाडी यात्रु बोकेर पैसा असुल्दै

दैलेख सदरमुकामबाट आइतबार दिउँसो दुल्लु क्षेत्रतिर यात्रु कोचेर जाँदै गरेको निजी प्रयोजनको गाडी। तस्बिर: नागरिक

रातो नम्बर प्लेट (निजी सवारी) ले यात्रु बोकेर चर्को भाडा असुल्ने गरेका छन्।  निजी गाडी यात्रु ओसारपोसार प्रयोग गरेर चर्को भाडाँ असुल्ने गरेको पाइएको हो।  

निजी गाडीले यात्रु ओसारेको पाइएपछि ट्राफिक प्रहरीले कारवाही गरेको छ। जिल्ला ट्राफिक कार्यालय दैलेखबाट खटिएका प्रहरीले यात्रु बोकेर पैसा असुली गर्ने २३ वटा बोलेरो जिपलाई दैलेखमा कारवाही गरेको हो।  

दैलेख सदरमुकामबाट दुल्लु, महावु, नौमुले बेस्तडा लगायतका स्थानहरु यात्रु लगेर पैसा असुल गरेका निजी गाडी (रातो नम्वर पेलेट) हरुलाई प्रहरीले जरिवाना गरेको हो। यात्रु बोक्ने २३ वटा निजी जिपबाट २४ हजार ५ सय जरिवाना काटिएको जिल्ला ट्राफिक कार्यालय दैलेखका प्रमुख असई जगतबहादुर कठायतले बताए। ‘दिनहुँ चेकजाँच गर्दा समेत निजी सवारीसाधनमा यात्रु बोक्न छोड्दैनन्।’ असई कठायतले भने, ट्राफिक प्रहरीले कडाईका साथ चेकजाँच र कारवाही गरेको छ।’

 दैलेखमा ढेड सय बढी निजि गाडीहरुले यात्रु ओसारपोसार गर्ने गरेका छन्। कालो नम्बर प्लेट (सार्वजनिक गाडी) बनाएर मात्र यात्रु ओसार्नुपर्ने नियम रहेको छ। दैलेखमा निजी गाडीहरुले चर्को मूल्य असुलेर यात्रुहरु ओसार्ने गरेका छन्। एउटा जिपमा ३० जनादेखी ४५ जनासम्म कोचेर यात्रुहरुबाट कम्तिमा ३ सयदेखी ८ सयसम्म पैसा लिने गरेको छन्। निजी सवारी साधनहरुले मनपरी यात्रु बोक्ने र पैसा असुल्ने गर्दा प्रहरी रमिते बनेको छ।  

वर्षातको बेला सडकको अवस्था नाजुक हुँदा पनि जोखीम मोलेर पैसा असुल्न निजी सवारी साधनहरु गाउँगाउँसम्म यात्रु ओसारपोसार गर्ने गरेका छन्। निजी प्रयोजनका लागि किनेका जिपहरु यात्रु बहाक सवारीका रुपमा प्रयोग हुँदा ट्राफिक प्रहरीका लागि चुनौती थपिएको छ। निजी सवारीहरु नियन्त्रणमा लिएर कागज बनाएर जरिवाना गर्दा पनि अटेरी गरेको स्थानीयहरु बताउँछन्।  

प्रकाशित: १२ भाद्र २०७९ १३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App