coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बेपत्ता खोज्दै सेनाः माडी खोलामा गाडी खस्दा एक जना बेपत्ता

खोलामा खसेको गाडी।

शुक्रबार राती रोल्पाको माडी खोलामा बोलेरो जीप खस्दा एक जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा चालक ककनी ३ नुवाकोटका बुद्धिबहादुर लामा छन् भने बैतडी पाटनका मनोज चन्द घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेलाई थप उपचारको लागी लुम्बिनी प्रादेशीक अस्पताल बुटवल पठाइएको छ। माडी गाउँपालिका–४ सिस्ने वजारबाट घर्तीगाउँ रोल्पातर्फ आउदै गरेको बा ७ च ५००२ नं. को पिकअप बोलेरो गाडी सडकबाट करिब एकसय मिटर तल माडि खोलामा खसि बेपत्ता भएको थियो।

प्रहरीले गाडी निकाल्न नसकेपछि लिवाङस्थित वटुकदल गणवाट सेनानी निराकार युद्द खाँडको कमाण्डमा–१६ जनाको टोलि समेत घटनास्थल तिर गएको थियो। सेनाले खोलामा खसेको गाडी सर्च गरेको तर बेपत्ता व्यक्ति फेला पार्न नसकेको जनाएको छ।

सहिदमार्ग सडक आयोजनाका निर्माण व्यवसायीको उक्त गाडी दुर्घटना भएको बारेमा बिहान मात्र स्थानीयले जानकारी गराए पछि प्रहरी घटनास्थलमा पुगेर खोजी सुरु गरेको ईलाका प्रहरी कार्यादयका प्रहरी निरीक्षक देबराज भट्टराईले बताए।

प्रकाशित: ११ भाद्र २०७९ १६:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App