८ वैशाख २०८१ शनिबार
समाज

अन्डरग्राउण्ड पार्किङ दुरुपयोग रोक्दै महानगर

व्यापारिक प्रयोजनका  लागि समेतमा प्रयोग हुँदै आएका अन्डरग्राउण्ड पार्किङ स्थलहरु काठमाडाैँ महानगरपालिकाले भत्काउँने काम सुरु गरेको छ। काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज सोमबार नयाँ बानेश्वर क्षेत्रको अनुगमन गरी अन्डरग्राउन्डमा राखिएका पसल हटाउने काम सुरु गरेका हुन्।

यसअघि महानगरले भवनको नक्सा पास गर्दा राखेको अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन व्यापारीहरूलाई आग्रह गर्दै ३५ दिने सूचना जारी गरेको थियो। महानगरको आग्रह अटेर गरेको भन्दै व्यवसायिक भवनका अन्डरग्राउण्ड पार्किङ खुलाउन काठमाडौँ महानगरपालिकाले संरचनाहरू भत्काउन सुरु गरेको हो।  

नयाँ बानेश्वर लगाएतका धेरै व्यापारिक भवनहरुले अन्डरग्राउण्ड पार्किङलाई पसलका रुपमा भाडामा लगाउने गरेका छन्। जसले गर्दा मुख्य सहरी क्षेत्रमा फुटपाथमै पार्किङ गर्ने क्रम बढेको छ। 

प्रकाशित: ६ भाद्र २०७९ ०९:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App