१९ मंसिर २०७९ सोमबार
समाज

अवैध चिरान काठ सशस्त्र प्रहरीद्वारा बरामद

सशस्त्र प्रहरीले सिसौ र सागवनको अबैध काठ बरामद गरेको छ। गुलरिया बाट नेपालगंज तर्फ लैजादै गरेका बेला मानखोला स्थित सशस्त्र प्रहरी टोलीले चेक जाँच गर्दा अवैध काठ बरामद गरेको हो। 

कागज प्रक्रिया मिलाएपनि बिलमा त्रुटि फेला पारेपछि अवैध काठ भएको खुलेको छ। ट्याक्टर सहित ४६ दशमलब  ८२ अवैध चिरान काठ बरामद गरेको सशस्त्र प्रहरीका उपरीक्षक जहेसिंह बुढामगरले जानकारी दिए। 

उनका अनुसार भे १ त ७००८ र बरामद अवैध काठ सब डिभिजन कार्यालय,बाँसगढीमा बुझाएको छ। अबैध काठको मूल्य ८ लाख बराबरको छ।

प्रकाशित: ३ भाद्र २०७९ १७:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App