४ वैशाख २०८१ मंगलबार
समाज

कलंकीबाट १५ दिनभित्र खसी बजार हटाउन काठमाडौं महानगरको निर्देशन

फाइल तस्बिर

काठमाडौं महानगरपालिकाले कलंकीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको छ।

महानगरले सूचना जारी गर्दै १५ दिनभित्र कलंकीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको हो।

बल्खु खोलामा जोडिएको ७–८–०–० जग्गामा खसी बजार सञ्चालन गरेका कारण नदी प्रदूषण भएको, छिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातवरणमा गम्भीर असर परेको भन्दै स्थानीयले गुनासो गर्दै सामूहिक उजुरीपरेकाले खसीबजार हटाउन लागिएको महानगरले जारी गरेको सूचनामा उल्लेख छ।

अबको १५ दिनपछि उक्त जग्गामा खसी बजार सञ्चालन नगर्न व्यवसायीहरूलाई महानगरले आग्रह गरेको छ। व्यवसायीले खसी बजारको वैकल्पिक व्यवस्था गर्नुपर्ने महानगरको भनाइ छ। यदि त्यसो नभएमा महानगर आफैले कानुन अनुसार हटाउने बताएको छ। 

प्रकाशित: २ भाद्र २०७९ ०२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App