७ वैशाख २०८१ शुक्रबार
समाज

बञ्चरेडाँडा फोहोर विवाद: पुरानै सम्झौताका बुँदाहरु कार्यान्वयन गर्ने सहमति

बञ्चरेडाँडा फोहोर विवादको टुंगो लगाउन तीन जिल्लाका सिडिओ जनप्रतिनिधि तथा केही स्थानीयहरू बीचको छलफलमा पुरानै सम्झौताका बुँदाहरु कार्यान्वयन गर्ने सहमति भएको छ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार फोहोर बोक्ने गाडीले बाटोमा फोहोर चुहाउन नपाउने, फोहोर थुपारेको ठाउँमा गन्ध नआउन औषधि दैनिक छर्किनुपर्ने, जथाभावी फोहोर खसाल्न नपाइने जस्ता सहमति भएका छन।

ककनी सुरक्षा निकायसम्बन्धी को विशेष बैठकमा धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले शहरी विकास मन्त्रालय अन्तर्गत उत्तरी उच्चस्तरीय बैठकमा भएको सम्झौताको न्यूनतम पूर्वाधार पनि तयार नगरी मापदण्ड पालना महानगरपालिकाले नगरेको कारणले यो समस्या निम्तिएको बताएका छन्। 

उनले भने, 'नयाँ सम्झौता सहमति केही पनि भएको छैन पुरानै सम्झौताका बुदाहरु कार्यान्वयन गर्ने सहमति भएको हो।सहमतिमा फोहोर चुहाउँदै नलाने, सकेसम्म राति लाने नसकेपनि दिउँसोको समयमा फोहोर छोप्ने, फोहोर व्यवस्थापन गरिसकेपछि गन्ध नआउने औषधि छर्कने, धुलो उड्ने ठाउँमा पानी छर्किने जस्ता कुराहरू छलफलमा समेटिएको छ', उनका अनुसार बञ्चरेडाँडामा फोहोरको विषयमा गोली लागि घाइते भएका एकको उपचार र  प्रहरीले पक्राउ गरेको स्थानीयलाई का मुद्दा फिर्ता लिने कि नलिने जस्ता विषय आजको मुल छलफल भएको बताएका छन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले गत २६ जेठमा भएको सहमति कार्यान्वयन गर्दै जाने बताएका छन्। भोलिदेखि यी सम्झौता कार्यान्वयनमा आए फोहोर व्यवस्थापनमा कुनै अवरोध सिर्जना नहुने भनिएको छ।

फोहोर व्यवस्थापनमा देखिरहेको विवादका विषयको छलफलमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यलगायत जनप्रतिनिधि तथा केही स्थानीयहरू सहभागी थिए।

प्रकाशित: १ भाद्र २०७९ १५:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App