१६ चैत्र २०८० शुक्रबार
समाज

एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका–१ स्थित जिल्ला ट्राफिक कार्यालय अगाडिबाट गाँजा बोकेको एम्बुलेन्ससहित चालक पक्राउ परेका छन्।

सवारी साधन चेकजाँचको क्रममा पश्चिमबाट पूर्वतर्फ गइरहेको को १ च ७५७७ नम्बरको एम्बुलेन्सको बिरामी बोक्ने सिटमा राखिएको पाँच बोरा तयारी गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

सोमबार राति सवारीसाधन जाँच गर्ने क्रममा एम्बुलेन्सबाट बरामद भएको गाजाँको परिमाण ९० किलो वजन गरिएको छ। एम्बुलेन्सको पछाडि बिरामी राख्ने सिटमा ५ वटा बोरामा प्याक गरेर राखिएको ९० किलो गाँजा र २८ हजार रुपैयाँ नगद बरामद भएको बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए।

गाँजा बरामद भएपछि एम्बुलेन्स चालक सिरहाको धनगढीमाई नगरपालिका–९ बस्ने २९ वर्षीय सरोज लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको साहले बताए ।  

प्रकाशित: ३१ श्रावण २०७९ ०४:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App