coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पहिरोले अवरुद्ध कर्णाली करिडोर खुल्यो

पहिरोका कारण अवरुद्ध कर्णाली करिडोर खुलेको छ। कर्णाली करिडोरको रेंगिलमा पहिरो खस्दा शनिरबारदेखि अवरुद्ध राजमार्ग  खुलेको हो। 

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी जयस्वर रिमालले पहिरोका कारण दुई दिनदेखि अवरुद्ध कर्णाली करिडोर डोजरले पहिरो पन्छाएपछि नियमित रुपमा सुचारु भएको बताए।

उनका अनुसार वर्षायाम लागेसँगै कर्णाली राजमार्ग र करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग पटकपटक अवरुद्ध हुँदै आएको छ। प्रहरी र सडक डिभिजनको समन्वयमा पहिरो पंन्छाएर करिडोर  खुलाइदै आएको छ।

कर्णाली करिडोरको लालिघाट, रेंगिल, कोट, भुराबगरलगायतका ठाउँमा बर्सेनि पहिरो खस्दा करिडोर  अवरुद्ध हुँदै आएको छ। कर्णाली करिडोरको आयोजना कार्यालय हुम्लामा हुँदा समन्वय गर्न समस्या भएको र कालिकोट, बाजुरा खण्डमा सडक अवरुद्ध हुँदा स्थानीय तह र प्रहरी प्रशासनले राजमार्ग खुलाउने काम गर्दै आएको स्थानीयले बताएका  छन्।

प्रकाशित: ३१ श्रावण २०७९ ००:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App