१६ चैत्र २०८० शुक्रबार
समाज

पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवका लागि बन्यो ५०१ सदस्यीय मूल आयोजक समिति

केहि बर्ष अघि ताप्लेजुङमा भएको म्याराथन तथा पर्यटन महोत्सवका बेला श्रिंगारिएको फुङलिङ बजारको दृश्य

आउँदो असोज ११ गतेबाट ताप्लेजुङमा हुने पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवका लागि ५ सय १ सदस्यीय मूल आयोजक समिति बनेको छ।

पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष तारानाथ घिमिरेको संयोजकत्वमा गठित मूल आयोजक समितिले कार्यक्रम चुस्त बनाउने कुराको संयोजक गर्न ४६ सदस्यीय सचिवालय गठन गरेको छ। मूल आयोजक समितिका सहसंयोजक एवम् पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार ६ जनाको संरक्षक समिति बनाइएको छ भने २५ जनाको सल्लाहकार समिति बनाइएको छ। संरक्षक समितिमा प्रतिनिधिसभा सांसद योगेशकुमार भट्टराई तथा प्रदेशसभाका मन्त्री प्रतापकाश हाङ्गाम,राज्यमन्त्री बिष्णुमाया तुम्बाहाम्फे,सांसदद्धय बलबहादुर साम्सोहाङ र होमकुमारी साँवा तथा पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका पूर्व अध्यक्ष डिल्लीजंग मादेन रहेका छन्। सल्लाहकार समितिमा सबै यहाँका क्रियाशिल सबै राजनीतिक दलका प्रमुखहरु,जिसस प्रमुख छिरिङ लामा,फुङलिङ नगरपालिका प्रमुख र अन्य ८ वटा गाउँपालिकाका अध्यक्षहरु,प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल सहित सुरक्षा निकायका प्रमुखहरु,ताप्लेजुङ सरोकार केन्द्र काठमाण्डौ,ताप्लेजुङ समाज काठमाण्डौ,ताप्लेजुङ सरोकार केन्द्र सुनसरी र ताप्लेजुङ सरोकार केन्द्र झापाका प्रमुख तथा प्रतिनिधि रहेका छन्।  

कार्यक्रम सफल बनाउन २७ वटा उपसमिति बनेका छन्। उपसमितिलाई आ–आफ्नो समितिलाइ पूर्णता दिई जिम्मेवारी अनुसारको कार्यकार अघि बढाउने दायित्व दिन लागिएको मूल आयोजक समितिका सचिवालय सदस्य एवम् पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका सचिव लक्ष्मीप्रसाद काफ्लेले जानकारी दिए। असोज ११ देखि १३ गते सम्म हुने म्याराथन तथा महोत्सव पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति,पाथीभरा क्षेत्र विकास समिति र नेपाली सेनाको यहाँस्थित भीमकाली गुल्म संयुक्त आयोजक हुन्।  म्याराथनको प्रायोजन भने ताप्लेजुङ जन्मघर भई हाल काठमाण्डौमा पर्यटन व्यवसायीको रुपमा संलग्न हिमालय गाईड्स ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिका महाप्रवन्धक ईश्वरी पौडेल रहेका छन्।

प्रकाशित: ३० श्रावण २०७९ १२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App