८ वैशाख २०८१ शनिबार
समाज

ललितपुरको सडकमा रबरका डिभाइडर

ललितपुर महानगरपालिकाले ललितपुरका सडकहरुमा सिमेन्टको डिभाइडरहरु हटाएर रबरका डिभाइडर राखेको छ।  

महानगरले ललितपुरको कुपण्डोल, पुल्चोक इन्जिनियरिङ क्याम्पस अगाडि,मन्त्री क्वाटर जाने बाटो, कृष्ण गल्ली जाने बाटो र लबिम महल अगाडिको क्षेत्रमा सिमेन्टका डिभाइडर हटाएर रबरका डिभाइडर राखेको हो।  

सोमबार ललितपुर महानगरको पाँच ठाँउमा २ सय वटा रबरका डिभाइडर र डिभाइडर बिचमा ७ फिट रबरको पाइप राखिएको छ। यस्तै ललितपुर महानगरका मुख्य सडकहरुमा ५ सय वटा रबरका डिभाइडर राख्न लागिएको महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए।  

उनले भने,‘सिमेन्टका डिभाइडरहरु रातीमा चम्किलो नहुने, तर रबरको डिभाइडर रातिमा चम्किलो हुने भएकाले सडक दुर्घटना कम गराउछ।  साथै रबरका डिभाइडर र पाइपहरु गाडीले ठक्कर दिंदा र कुल्चिँदा पनि नफुट्ने र पुन प्रयोग गर्न मिल्ने खालकाे हुन्छ।'  

अहिले सडकमा  राखिएको सिमेन्टका डिभाइडरहरु मंगलबार बिहान एकान्तकुना यातायत विभागमा लैजाने पनि उनले बताए।

प्रकाशित: ३० श्रावण २०७९ ०८:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App