१६ चैत्र २०८० शुक्रबार
समाज

कर्णाली करिडोरको ठाउँ–ठाउँमा पहिरोले सास्ती

कालिकोटको खुलालुदेखि बाजुरा हुँदै हुम्ला जोड्ने सडक कर्णाली करिडोर हो। यो करिडोर नामाकरण गरी ट्र्याक खोल्न थालेको वर्षौं वितिसकेको छ।

खुलालुदेखि बाजुरा,हुँदै कर्णाली नदिको किनारै किनार भएर हुम्ला पुग्ने करिडोर अर्थात सडकको ठाउँ–ठाउँमा पहिरो,साँघुरो सडक,हिलाम्य र खाल्डाखुल्डीका कारण करिडोरमा यात्रा गर्ने यात्रुले वर्षेनी सास्ती खेप्दै आएका छन्।

करिडोरको रेंगिलमा शनिबारदेखि खसेको पहिरोले सडक अवरुद्ध छ। खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको १२२.७५ किलोमिटर सडक निर्माण सम्पन्न गरेर नेपालि सेनाले सडक विभाग हुम्लालाई हस्तान्तरण  गरेको २ वर्षसम्म पनि सडक विभागले वास्ता नर्गदा यो सडक जस्ताको त्यस्तै रहेको पलाँताका धनकर्ण बिकले बताए।  

उनले भने, ‘पचालझरनास्थित भुराबगर र जारकोट खण्डमा गएको पहिरोले एक महिनादेखि सडक अवरुद्ध छ। करिडोरको भौरेकुना,रेंगिल,कोट,आमतडालगायत ठाउँमा पनि पहिरो खसेको छ।’

जिल्ला प्रहरी कार्यालय कालिकोटका (डिएसपि) जयस्वर रिमालका अनुसार रेंगिलमा पहिरो गएको छ। खुलाउन समस्या छ। पहिरो पन्छाउदा झन माथिबाट ठूलो पहिरो आउने गरेको छ। सडक खुलाउन समन्वय भइरहेको छ। निरन्तर पहिरो खसिरहेकोले आवतजावत ठप्प छ।

‘ठाउँ–ठाउँमा पहिरो छ। सान्नीत्रिबेणी,रास्कोट,पलाँता,पचालझरना, बाजुरा,हुम्ला,सम्म संचालन हुने साना तथा ठूला सवारी साधनहरु सडकमै लाम लागेका छन्। कस्ले पहिरो पन्छाउने भने थाहा छैन्। यात्रु अलपत्र परेका छन्।’ एक स्थानियले भने। वर्षाले कालिकोटका अधिकांश ग्रामीण सडक पनि अवरुद्ध छन्। स्थानीय तहले निर्माण गरेका सबैजसो सडकमा सहज रूपमा गाडी चल्ने अवस्था नरहेको प्रहरीले जनाएको छ।

कालिकोटको खुलालु,देखि बाजुरा हुँदै हुम्लाको सिमिकोट सम्म पुग्ने सडकको लम्बाइ १ सय ९६ किलोमिटर छ। नेपाली सेनाले निर्माण गरिरहेको यो सडक पूरा भएपछि चीनको सीमा हिल्सा देखि दक्षिणी भारतीय सीमा जमुनाह सम्म ५ सय २१ किलोमिटर सडक निर्माण हुनेछ। उत्तरी नाका हिल्साबाट दक्षिणी नाका जमुनाह सम्म ५ सय २१ किलोमिटर हुनेछ ।  

यसले हिल्सा, सिमकोट, लैफु, खुलालु, बामेसिमल, नेपालगन्ज हुँदै जमुनाहलाई जोड्ने जनाएको छ । यो मार्गले तिब्बतको हिल्सासँग कर्णाली प्रदेशको सम्बन्ध जोड्ने विश्वास गरिएको छ।

प्रकाशित: ३० श्रावण २०७९ ०३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App