१६ चैत्र २०८० शुक्रबार
समाज

रुपन्देहीको ओमसतियामा गोली चल्यो,एक जना घाइते

रुपन्देहीको ओमसतियामा गोली चल्दा एक जना घाइते भएका छन। ओमसतिया गाँउपालिका ४ बशन्तपुर स्थित भैरहवा–परासी बाइपास सडकमा हिजो राती करिब ११ बजे तीर गोली चलेको हो। 

गोली लागेर बेलहियाका ३१ वर्षीय विकास गुरुङ घाइते भएका छन। उनको बाँया कोखामा गोली लगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिए।  गुरुङको अहिले युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। उनी खतरा मुक्त  रहेको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक वेद पौडलले चिकित्सकलाइ उदृत गर्दै जानकारी दिए।

गुरुङले भैरहवा भन्सारमा पर्यटकका गाडीहरु छुटाउने लगायतका काम गर्दै आएको बताइएको छ। सिद्धार्थनगर नगरपालिका बेलहियामा  जेठी श्रीमती बस्ने भएपनि आफू कान्छी श्रीमतीसंग परासी बस्ने गरेको गुरुङले प्रहरीलाइ बताएका हुन।  दैनिक बिहान आएर राती साढे १० बजेतिर परासी फर्कने क्रममा आइतबार राती करिब १०.३० बजेतिर बेलहियाबाट निस्केर घर जाने क्रममा बाटोमा अज्ञात व्यक्तिले गोली हानेको प्रारम्भिक बयान उनले प्रहरीलाई दिएका छन ।

गुरुङलाई गोली लाग्नु अघि बाइपास सडकमै घटनास्थल नजिकै रहेको होटल सिद्धार्थ कटेजमा चोरी भएको बताइएको छ। चोरी गरेर भाग्दै गरेकाले आफुलाइ गोली हानेको गुरुङले प्रहरीलाइ बताएका हुन। तर प्रहरीले भने घटना शंकास्पद रहेको र अनुशन्धान सुरु गरीएको बताइएको छ। गोली हान्ने समुहको खोजी भइरहेको र अनुशन्धानकालागि टोली खटिइसकेको रुपन्देहीका प्रहरी  प्रमुख एसपी रेग्मीले बताए । प्रहरीले होटलमा कार्यरत र स्थानीयसंग पनि सोधपुछ  गरेको छ।

प्रकाशित: ३० श्रावण २०७९ ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App