११ आश्विन २०७९ मंगलबार
समाज

फोहोर बोकेको गाडीले बाख्रा मारेको भन्दै बन्चरेडाँडामा फोहोर फाल्न अवरोध

फाइल तस्बिर

काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा गएका गाडीहरु पुन: रोकिएका छन्। काठमाडौं महानगरपालिकाको वातावरण विभाग प्रमुख सीता राईका अनुसार आज विहान फोहोर बोकेर गाएको गाडीहरु पुन रोकिएका हुन्।  

'तिन ओटा पालिका भएर जानु पर्छ। हरेक पालिकामा एउटा एउटा समस्या आइपर्छ। तारकेश्वर नगरपालिका तिनपिपले भन्ने ठाउँमा फोहोरको गाडीले बाख्रा मारिदिएको भन्दै स्थानीयले पुनः अवरोध गरेका हुन्,' उनले भनिन्।

यसअघि महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कुनै अवरोध नभए आजदेखि  दैनिक २५० देखि ३५० फोहोरका गाडी  बन्चरेडाँडामा पुग्ने बताएका थिए।

उनले सिसडोलको दुरावस्था बन्चरेडाँडामा दोहोरिन नदिने प्रतिबद्धता पनि जनाएका थिए।

प्रकाशित: २९ श्रावण २०७९ १२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App