coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तलेजुको घिन्तान्गिसी निस्केसँंगै भक्तपुरको गाईजात्रा सुरू

फाइलतस्बिर

भक्तपुरको दरबार क्षेत्रस्थित तलेजुको घिन्तान्गिसी (लठी जुधाएर खेलिने नाच) बिहीबार साँंझ प्रदर्शन भएसँंगै भक्तपुरको गाईजात्रा सुरु भएको छ। जात्राको मुख्य आकर्षण भने शुक्रबार हो। आठ रात नौ दिन लामो भक्तपुरको गाईजात्राको मुख्य आकर्षण यो वर्ष शुक्रबार परेको छ।

प्रत्येक वर्ष जनैपूर्णिमाको साँंझ तलेजुबाट घिन्तागिसी नाचको प्रदर्शन सुरु भएसँंगै जात्रा सुरु हुने परम्परा रहिआएको छ। यस दिन साँंझ तलेजुबाट निकालिने गाईजात्राको घिन्तागिसी नाच नगर परिक्रमा गराइन्छ।  

यसअघि गाइजात्रा नजिकिएसँंगै भक्तपुुर नगर गाईजात्रामय हुन थालेको थियो। गाईजात्रामा प्रदर्शन गरिने साँस्कृतिक विधाहरुको रिहल्सर्ल केही हप्ता अगाडिदेखि नै टोलटोलमा सुरु हुन थालेका थिए। आठ दिन लामो जात्राको क्रममा प्रदर्शन हुने विभिन्न नाच, नाटक, ख्याल (प्रहसन) लगायतका लागि तयारी, प्रशिक्षण सुरु भएका थिए।  

भक्तपुर नगरपालिकाले गाईजात्राको अवसरमा प्रदर्शन गरिने नाच, नाटक, प्रहसनलाई नगद पुरस्कार व्यवस्था गरेपछि जात्रामा टोलटोलबाट साँंस्कृतिक प्रदर्शन गर्न जात्रा नआउँंदै तयारी तथा प्रशिक्षण सुरु भएका हुन्। नगरपालिकाले प्रत्येक वर्ष जात्रामा प्रदर्शन हुने साँंस्कृतिक प्रदर्शनको मूल्यांकन गरी पहिलो, दोश्रो र तेश्रो हुने विधाहरुलाई नगद पुरस्कार वितरण गर्दै आएको छ। यो क्रमलाई नगरपालिकाले यो वर्ष पनि निरन्तरता दिएको छ।  

नगरपालिकाले यो वर्ष पनि पुरस्कारको राशीसहित नगरबासीका नाममा सार्वजनिक सूचना जारी गरिसकेको छ। सार्वजनिक सूचनामा गाईजात्रा पर्व २०७९ सालको प्रतियोगितामा प्रदर्शन गरिने विभिन्न साँंस्कृतिक विधाहरुलाई नगद पुरस्कार वितरण गर्ने उल्लेख छ। सूचना अनुसार नाच, नाटक र प्रहसन गरी दुई दर्जन भन्दा बढी विधाहरुमा पुरस्कार वितरण गरिनेछ। त्यसमा प्रथम हुनेलाई बढीमा ३५ हजारदेखि तेश्रो हुनेलाई न्युनतम ६ हजार रुपैयाँंसम्मको नगद पुरस्कारको व्यवस्था गरिने उल्लेख छ। 

सबैभन्दा बढी देवी प्याखं (नाच) र भैल प्याख (नाच) मा प्रथम हुनेलाई ३५ तीस हजार, दितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २५ हजार र सात्वना तथा सहभागी हुनेलाई १५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको सूचनामा उल्लेख छ। यसका लागि पर्वभर नगरका ठाउँंठाउँंमा मूल्यांकन टोली बनाई प्रदर्शनको मूल्यांकन गरिने जनाइएको छ।

यही कारण गाईजात्रामा प्रदर्शन हुने विभिन्न प्याखं (नाच) हरुको तयारी टोलटोलमा सुरु हुन थालेका हुन्। गाईजात्रामा देखाइने नाचका लागि नयाँं कलाकारहरुलाई प्रशिक्षण दिने अनि पुराना कलाकारहरुलाई तयारी गर्ने काम सुरु भएका हुन्।  

गाईजात्राका क्रममा यहाँं दुई दर्जन थरी (विधा)का सयौं प्याखं (नाच) देखाइन्छन्। यहाँं देवी नाच, भैल नाच, बाँंदर नाच, गाईचा नाच, लुसी नाच, फाकंदली नाच, नागाचा नाच देखाइन्छन्। साथै लाखे नाच , नटु (मथु) वाचा नाच, कंलाली नाच, जंगली नाच, भालु नाच , खिचा नाच , ख्या नाच, कवाँंचा नाचलगायतका नाच पनि देखाइन्छन्। साथसाथै हनुमान, म्हेखा, किजापूजा, कपायफेनेगू, सलां नाच, झ्या झ्या नाचलगायतका नाच देखाइन्छन्। यी सवै नाचमा फरकफरक रुपमा फरकफरक भेषमा मानिस नै नाचिन्छन्।

जनैपूर्णिमादेखि सुरु हुने यहाँंको गाईजात्रा कृष्णअष्टमीसम्म आठ रात नौ दिनसम्म नाच प्रदर्शन गरी मनाइन्छ। यो क्रममा गाईजात्राका दिन यहाँं विशेष नाच ‘घिन्तान्गिसी’ प्रदर्शन हुने गर्दछ।  

प्रकाशित: २६ श्रावण २०७९ १४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App