coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

छाडा चौपाय व्यवस्थापनका लागि गौशाला निर्माण गर्ने निर्णय

छाडा चौपाया व्यवस्थापनका लागि कपिलवस्तुको बुद्धभुमी नगरपालिका ९ को गब्दाहवामा सय हेक्टर क्षेत्रमा तारबार गर्ने निर्णय गरिएको छ। 

प्रजिअ धर्मेन्द्र कुमार मिश्रको अध्यक्षतामा बसेको सुरक्षा प्रमुख र पालिका प्रमुखहरुको बैठकले सो निर्णय गरेको हो। छाडा चौपायाको ब्यवस्थापनको प्रयोजनकालागि सो क्षेत्रमा डिभिजन वन कार्यालय गौतबबुद्धसंग समन्वय गरी तारबार गरी संरक्षण निर्णय भएको प्रजिअ मिश्रले बताए। 

प्रस्तावित जग्गा प्रचलित कानून बमोजिम लिज/ भोगाधिकार प्राप्ति का लागि सम्बंधित केन्द्रीय तहमा आवश्यक प्रकृया पूरा गरि सिफारिश गर्ने तथा प्रस्तावित छाडा चौपायाको व्यवस्थापन गर्न जिल्लाका सम्पूर्ण स्थानीय तहहरू ले रकम व्यवस्थापन गरी बुद्धभुमी नगरपालिका संग सहकार्य गर्ने निर्णय भएको हो।  

छाडा चौपायाका कारण धान बाली सखाफ भएको, दुर्घटना तथा फोहाेर र दुर्गन्ध बढेको कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेलले बताए। भारतीय नाकाहरुबाट भारतीय कृषकहरुले गाई गोरुहरु धपाएर नेपाल पठाउने गरेकोले झन यो समस्या जटिल भएको बताए। उनले यसमा सबै सजग हुनुपर्ने र यसबारे प्रहरी प्रशासन र पालिकाहरुलाई जानकारी गराउन उनले आग्रह गरे। उनले सबै मिलेर छाडा चौपाया ब्यवस्थापनमा जुटको उनले बताए। 

उता प्रहरी उपरीक्षक प्रेब बहादुर बस्नेतले सीमा नाकाका प्रहरी युनिटलाई छाडा गाई बस्तुहरु पस्न नदिन निर्देशन दिएको बताए। उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई छाडा चौपायालाई नेपाल तिर छिर्न नदिन र निग्रानी गर्न भनिएको उनले बताए। 

बैठकमा जिल्ला समन्वय समिति प्रमुख बावुराम आचार्य, कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडल, बुद्धुभुमी नगरपालिका मेयर केशव कुमार श्रेष्ठ, महराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह, बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी आर्याल, शिवराज नगरपालिकाका मेयर अजथ थापा, मायादेबी गाउपालिकाका प्रमुख वलीउद्दीन मुसलमान, सुद्धोदन गाउपालिकाका प्रमुख कमलेशशरण चौधरी, सशस्त्र प्रहरी उपरिक्ष सुर्य बहादुर सेन, राष्ट्रिय अनुसंधानका प्रमसख योगेन्द्र केसी लगायतको सहभागीता थियो। 

बुधबार प्रजिअ मिश्रको अध्यक्षतामा गब्दाहामा छाडा चौपाया ब्यवस्थापनकालागि स्थलगत अनुगमन र निरीक्षण गरिएको थियो।

प्रकाशित: २६ श्रावण २०७९ १४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App