८ वैशाख २०८१ शनिबार
समाज

चौरासीको खर्चले विद्यालयमा अक्षयकोष

कास्कीका एक वृद्धले चौरासी पुजा गर्ने खर्चले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्। कास्कीको रुपा गाउँपालिका–१ निवासी कृष्णमुरारी खनालले आफ्नो चौरासी पुजा गर्ने खर्चले स्थानिय एक विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन्। 

खनालले आफू ८४ वर्ष प्रवेश गरेको अवसरमा बिहीबार रुपा–१ स्थित कालिका माध्यमिक विद्यालयमा ५० हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन्। अक्षयकोष स्थापना घोषणा कार्यक्रममा बोल्दै खनालले चौरासी पूजा भन्दा अध्यक्षकोष स्थापना गरेर कुनै विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पूण्य हुने लागेर अक्षयकोष स्थापना गरेको बताए।

 ‘मलाई चौरासी पूजा भन्दा छात्रवृत्ति उपलब्ध गराउनु पून्य काम हो भन्ने लाग्यो। त्यसैले पूण्य मध्येको काम रोजेको हुँ,’ उनले भने। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास खनालले अक्षयकोष स्थापना गर्ने वृद्ध खनाललाई विद्यालयको तर्फबाट सम्मान गरिएको बताए। ‘वास्तवमा उहाँ उदाहरणीय व्यक्ति हुनुहुन्छ। उहाँबाट समाजका अन्यले पनि सिक्नुपर्छ,’ उनले भने।

प्रकाशित: २६ श्रावण २०७९ ११:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App