१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

सडक निर्माणमा खटिएका एक सेनाको मृत्यु

कर्णाली करिडोर सडक निर्माणमा खटिएका नेपाली सेनाका एक अमलदारको मृत्यु भएको छ।  

सडक निर्माणका लागि विष्फोटक पदार्थ विष्फोट गर्नका लागि तयारी पारिएको मेसिन चेक गर्ने क्रममा भीरबाट खसेर अमलदार टिकाराम लामिछानेको मृत्यु भएको हो। 

उनीसँगै गएका अर्का सेनाका जवान हरिबहादुर विष्ट घाइते छन्। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार खार्पुनाथ गाउँपालिका–१ सिमखडामा विष्फोट गर्नका लागि तयारी राखिएको मेसिन चेकजाँच गर्न जाने क्रममा भीरबाट खसेर बिहीबार बिहान ६ बजेतिर लामिछानेको मृत्यु भएको हो। भीरबाट खसेर घाइते भएका बिष्टको हेलिकोप्टरबाट उद्दार गरेर नेपालगञ्ज मेडिकल कलेजमा ल्याइएको छ। नेपाली सेनाले कर्णाली करिडोर अन्तर्गतको चट्टानी खण्ड निर्माणको जिम्मा लिएको छ।

प्रकाशित: २६ श्रावण २०७९ १०:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App