८ वैशाख २०८१ शनिबार
समाज

गएरातिको वर्षाले काठमाडौंको नदी किनारका बस्ती डुबानमा

काठमाडौंमा गएराती परेको भारी वर्षाले विभिन्न बस्ती डुबानमा परेका छन्। वर्षासँगै आएको बाढीले खोला किनारका बस्तीहरु डुबानमा परेका हुन्।   

राती नै प्रहरीले बागमती किनारामा रहेको टहराबाट ३ जनाको उद्धार गरेको छ। त्यस्तै भक्तपुरको नगरकोट, काठमाडौंको धाप, सुन्दरीजल लगायतका विभिन्न क्षेत्र डुबानमा परेको छ।  

काँडाघारी प्रहरी कार्यालय भवनको भुइँ तला पनि डुबेको छ। मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बाढीले बगाउनुका साथै पार्किङमा राखिएका तीनवटा मोटरसाइकल पनि बगेका छन्।

भक्तपुरकै  हरहर महादेव नजिकको गाईगोठमा अलपत्र परेका १५ जनाको उद्धार गरेको प्रहरीले जनाएको छ।  

प्रकाशित: २५ श्रावण २०७९ ०२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App