८ वैशाख २०८१ शनिबार
समाज

बरामद वस्तु युरेनियम नभएको पुष्टि

साउनको पहिलो हप्ता विराटनगरको छुट्टाछुट्टै २ स्थानबाट बरामद भएको वस्तु युरेनियम नभएको पुष्टि भएको छ। प्रहरीले युरेनियम जस्तो देखिने २ किलोग्राम पदार्थ सहित १५ जना पक्राउ गरेको थियो।  

अलग अलग समूहले बिक्रीको तयारी गर्दैगर्दा उनीहरु पक्राउ परेका थिए। बरामद भएको युरेनियम जस्तो देखिने वस्तु खानी तथा भूगर्भ विभागमा परीक्षणका लागि प्रहरीले पठाएको थियो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार उक्त वस्तुको रिपोर्ट ‘नेगेटिभ’ आएको हो। रिपोर्ट आएसँगै उक्त वस्तु युरेनियम नभई अन्य वस्तु भएको र पक्राउ परेकाहरुले युरेनियम भनेर नक्कली वस्तु बिक्री गर्न खोजिएको पुष्टि भएको छ।  

‘युरेनियम हैन भनेको वस्तु के हो भनेर यकिन भइसकेको छैन,’ डिएसपी श्रेष्ठले भने, ‘कहाँबाट ल्याइयो र केमा प्रयोग हुन्छ भन्ने खुलेको छैन। बरामद गरिएको वस्तुलाई कसरी व्यवस्थापन गर्ने भन्ने निर्णयसमेत भइसकेको छैन।’

युरेनियम भनेर उक्त वस्तु उपलब्ध गराउने व्यक्ति भने एकै जना रहेको र ती व्यक्ति अझैसम्म फरार रहेका छन्। बिक्रीका लागि भारतीय ग्राहकलाई बोलाए पनि ग्राहक आइ नपुग्दै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। 

प्रकाशित: २० श्रावण २०७९ ०९:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App